विद्युत अपडेट

  • प्राधिकरण : ५०४६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९०२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८४५५ मे.वा.घन्टा
  • आयात : ८०८३ मे.वा.घन्टा
  • निर्यात : ३० मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७६३७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २१०० मे.वा.
२०८२ फाल्गुण २८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आइतबार (पुस २४ गते) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ) को खुद्रा बिक्री मूल्य घटाएको हो ।

निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रूपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर २० रूपैयाँ घटाएको छ। मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५ रूपैयाँ, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १७२ रूपैयाँ, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १७० रूपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.४२ अमेरिकी डलर कामय भएको निगमले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बिहीबार (पुस २१ गते) पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएपछि निगमको नाफा दुई अर्ब भन्दा माथि छ। तर विगतमा भएको नोक्सानी घटाउन निगमले मूल्य नघटाइ बसेको थियो। निगमले इन्डियन आयल कर्पोरेशनलाई १६ अर्ब रूपैयाँ भन्दा बढी तिर्न बाँकी छ।

याे पनि पढ्नुहाेस

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री दाहालको निर्देशन

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३