विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जिआई सोलार कम्पनीले मोरङको बूढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा निर्माण गरिरहेको ६.८ मेगावाटको सौर्य आयोजनाको विद्युत आगामी दुई महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । अहिलेसम्म करिब आधा काम पूरा भइसकेको छ ।

५० प्रतिशत निर्माण पूरा भएको हुँदा आगामी मंसिरसम्म प्रणालीमा जोड्ने लक्ष्य रहेको निर्माण व्यवसायी कुशल पावर  प्रोजेक्टस् प्रालिका प्रबन्धक निर्देशक सन्दिप अग्रवालले बताए । गत असार पहिलो सातादेखि निर्माण सुरु भएको आयोजनाका लागि आवश्यक सम्पूर्ण उपकरण निर्माणस्थलमा पुर्याइसकिएको छ ।

‘सोलार प्यानलमुनि समेत खेती गर्न सकिने तरिकाले यो नेपालमै फरक तरिकाको आयोजना निर्माण भइरहेको छ,’ उनले आइतबार ऊर्जा खबरसँग भने, ‘उपकरण जडानलगायत सबै काम तीव्र गतिमा भइरहेकोले हामी लक्षित समयभित्रै विद्युत उत्पादन गर्न सक्छौं ।’

यस आयोजनामा जडित सोलार पाताहरू अन्यभन्दा फरक रहेको र दुवैतर्फबाट विद्युत उत्पादन गर्न सक्ने क्षमताका रहेको पनि अग्रवालले जानकारी दिए; जसको दक्षता २१.८ प्रतिशत रहेको छ । जहाँ सामान्य सोलार पाताको दक्षता १७ प्रतिशतमात्र हुने उनको भनाइ छ ।

करिब ५८ करोड रुपैयाँमा निर्माण पूरा गर्ने लक्ष्य रहेको आयोजनामा एनएमबी बैंक लिमिटेडले ७० प्रतिशत ऋण लगानी गरेको छ । प्रतिमेगावाट लागत ८ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको र उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको दुहबी सबस्टेसनमा जोडिने गरी प्रसारण सम्झौता भएको छ ।

सबस्टेसनसम्मको आवश्यक ५ किलोमिटर प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरिरहेको र मंसिर पहिलो सातासम्म सम्पन्न हुने बताइएको छ । जलविद्युत आयोजना भन्दा छिटो र सस्तोमा विद्युत उत्पादन हुने हुँदा पछिल्लो समय सौर्य ऊर्जामा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ ।

मिश्रित ऊर्जाको अवधारणका कारण पनि सौर्य आयोजनाको विकासमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै गएको देखिन्छ । कुशल प्रोजेक्टस्ले पछिल्लो २ वर्षमा देशभित्र ४ वटा सौर्य आयोजना सफलता पूर्वक निर्माण गरी सञ्चालन गरिसकेको जनाएको छ । सबै आयोजना निर्धारित निर्माण तालिका भन्दा करिब ६ महिना अघि नै सम्पन्न गरी आफूलाई सक्षम कम्पनीको रूपमा स्थापित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit