images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । फ्लोभेल इनर्जी प्रालिले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन ३२ मेगावाटको करुवा सेती जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको ठेक्का पाएको छ । फ्लोभेलले निर्माणाधीन आयोजनाको विद्युतगृहको उपकरण आयात तथा जडान कार्यको ठेक्का पाएको हो ।

फ्लोभेल र आयोजनाको प्रवद्र्धक झ्यामोलोङ्मा हाइड्रो पावर कम्पनीबीच केही दिनअघि ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ । फ्लोभेलले नेपालमा इलेक्ट्रोमेकानिकल उपकरण आयात तथा जडानका लागि ठेक्का सम्झौता गरेको करुवा सेती ११औं जलविद्युत आयोजना हो । 

फ्लोभेलले यो आयोजनामा होरिजेन्टल फ्रान्सिस टर्बाइन तथा अन्य उपकरण आयात गरी जडान गर्नेछ । ३२ मेगावाट विद्युत उत्पादन गर्न विद्युतगृहमा १०.६६७ मेगावाटका ३ वटा उत्पादन युनिट रहनेछन् । यो आयोजनाको सिभिलतर्फ ४० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ ।

औद्योगिक घराना केसी समूहले यो आयोजना निर्माण गरिरहेको हो । यो आयोजनाबाट २०८० साल चैतभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । नेपालमा यसअघि ठेक्का सम्झौता भएका ७ वटा जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको फ्लोभेलका नेपाल प्रबन्धक सुरेश चन्द्रले बताए ।

‘फ्लोभेलले ५० वर्षभन्दा लामो समयदेखि जलविद्युत क्षेत्रमा इलेक्ट्रोमेकानिकल कार्य गर्दै आएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘नेपालमा पनि आधा दर्जन बढी आयोजना सञ्चालनमा आइसकेका छन् । ४ वटा आयोजना अहिले निर्माणाधीन छन् ।’

उनले फ्लोभेलले काम गरेका २२.१ मेगावाटको चिलिमे, ५ मेगावाटको घट्टे खोला, ११ मेगावाटको तल्लो खारेखोला, ७ मेगावाटको सुरी खोला, ७.८ मेगावाटको सुपर माई, ६.२ मेगावाटको तल्लो जोगमाई र ५ मेगावाटको घलेम्दी खोला सञ्चालनमा रहेको बताए । इलेक्ट्रोमेकानिकल कार्यको ठेक्का पाएका ३२ मेगावाटकाे करुवा सेती, ६ मेगावाटको रेलेखोला, ९.६ मेगावाटको दरम खोला र ७ मेगावाटको माथिल्लो सुरी खोला निर्माणाधीन छन् ।

फ्लोभेलले ४ आयोजनामा मुख्य इनलेट तथा पेनस्टक प्रोटेक्सन भल्भको काम गरेको पनि उनले बताए । यो सहित फ्लोभेल संलग्न जलविद्युत आयोजनाको संख्या नेपालमा १५ पुगेको छ ।

फ्लोभेल नेपालमा सक्रिय इलेक्ट्रोमेकानिकल कार्य गर्ने भारतीय कम्पनी हो । फ्लोभेलले नेपाल सहित हालसम्म विश्वका १४ देशमा करिब ३ सय जलविद्युत आयोजनामा काम गरिसकेको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit