images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । पेट्रोलियम निर्यात गर्ने देशहरूको साझा संस्था (ओपेक) ले जिवाश्म इन्धनको समय सकिँदै जाँदा पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउन ऊर्जामा रुपान्तरणको विकल्प नभएको बताएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धीका पक्ष राष्ट्रहरूको सम्मेलन (कोप २८) मा सम्बोधनका क्रममा ओपेकका महासचिव हइथाम अल गाइसले यस्तो बताएका हुन् । 

‘भविष्यमा दिगो ऊर्जाका लागि एक मात्रै समाधान वा बाटो छैन,’ ओपकको महासचिव हइथाम अल गाइसले दुबईमा जारी संयुक्त राष्ट्रसंघीय बैठकमा भने ।

‘हामीले उत्सर्जनविरुद्ध काम गर्दै आर्थिक वृद्धिसहित गरिबी न्यूनीकरण र उत्थानशील क्षमता विकास पनि सँगै गर्नुपर्ने छ । यसका लागि यथार्थपरक निर्णय लिनुपर्ने छ,’ ओपेक रिसर्च विभाग प्रमुख आयद अल कातहानीले वक्तव्यमा व्यक्त गरे ।

यसै साता कुवेती महासचिवले ओपक समूहका १३ सदस्य र १० सहयोगीलाई जीवाश्म इन्धनविरुद्ध लक्षित गर्ने कुनै पनि भाषाप्रति सक्रिय रुपमा अस्वीकार गर्न आग्रह गरेको कुरा बाहिर आएपछि शनिबार ओपेकको आलोचना भएको हो । 

कोप–२८ मा सहभागीहरुले तेल, ग्यास र कोइला जस्ता जीवाश्म इन्धनको विकल्प खोज्ने उद्देश्यका साथ विभिन्न सत्रहरुमा छलफल गरेका छन् । विश्वव्यापी तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने विश्वव्यापी लक्ष्यलाई पूरा गर्न यी छलफललाई कोप २८ मा महत्त्व दिइएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit