विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । त्रिशूली नदी जलविद्युत आयोजनाहरूको ‘हब’ बन्दै गएको छ । यो नदीमा सरकारी र निजी क्षेत्रले पहिचान गरी अघि बढाएका करिब साढे ७ सय मेगावाटका  आयोजनाहरू निर्माणका विभिन्न चरणमा रहेका छन् ।

त्रिशूली नदी बहाव क्षेत्र बागमती प्रदेशको धादिङ, रसुवा, चितवन, नुवाकोटमा पहिचान भएका आयोजनाहरू निजी क्षेत्र, सरकारी निकाय र वैदेशिक लगानीमा अघि बढाइएका छन् । विद्युत विकास विभागका अनुसार यो नदीमा करिब ७४२.७६५ मेगावाटका १३ अयोजनाहरूको पहिचान भई निर्माणको विभन्न चरणमा रहेका छन् ।

उक्त नदीमा पहिचान भई निर्माण सम्मपन्न भएका आयोजनाहरुमध्ये ९८.१ मेगावाटका ३ आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । विद्युत उत्पादन गरेका आयोजनाहरूमा १४.१ मेगावाटका देवीघाट, ६० मेगावाटको अप्पर त्रिशूली–३‘ए’ र २४ मेगावाटको त्रिशूली रहेका छन् ।

यसैगरी, ५८१.६२५ मेगावाटका ६ आयोजनाहरु निर्माणाधीन छन् । यो नदीमा पहिचान भएका आयोजनामध्ये सबैभन्दा ठूलो २१६ मेगावाटको अप्पर त्रिशूली–१ रहेको छ, जुन नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड (एनडब्लूइडिसी) ले निर्माण गरिरहेको छ । २०७४ साल कात्तिक २३ गते उत्पादन अनुमतिपत्र लिई काम अघि बढाएको आयोजनामा दक्षिण कोरियाको ९० प्रतिशत र नेपालको १० प्रतिशत लगानी रहेकोे छ ।

उता,  १०२ मेगावाटको अप्पर त्रिशूली–२ चिनियाँ कम्पनी हाइड्रो चाइना कर्पोरेसनले निर्माण गरिरहेको विभागले जनाएको छ । कम्पनीले आयोजना निर्माण गर्न २०७६ जेठ ९ गते अनुमति पाएको थियो । यस्तै, १०० मेगावाटको सुपर त्रिशूलीका लागि ब्लू इनर्जी लिमिटेडले २०७४ माघ २ गते उत्पादन  अनुमतिपत्र लिएर काम गरिरहेको छ । यस्तै, रसुवागढी हाइड्रो पावर कम्पनीले १११ मेगावाटकाे रसुवागढी  निर्माणा गरिरहेकाे छ र आयाेजनाकाे काम अन्तिम चरणमा पुगीसकेकाे छ । 

३७ मेगावाटको अप्पर त्रिशूली–३ ‘बी’ को लागि नेपाल विद्युत प्राधिकरण २०७० साउन २७ गते उत्पादन अनुमतिपत्र लिई काम अघि बढाइएको छ र १५.६२५ मेगावाटको मध्ये त्रिशूली गंगा नदी आयोजनाको काम अघि बढाउन परफेक्ट इनर्जी डेभलपमेन्ट लिमिटेडले २०७९ भदौ १७ गते अनुमतिपत्र लिएको थियो  ।

यसैगरी, ३६.९ मेगावाटका ३ आयोजनाले अध्ययन अनुमति पाएका छन् । अनुमति पाएका आयोजनाहरुमा २४.६ मेगावाटको माथिल्लो त्रिशूली–१ क्यासकेडले २०७५ जेठ ९ गते ( प्रवर्द्धक त्रिशूली क्यासकेड पावर प्रा.लि.), ४.३ मेगावाटको माथिल्ले त्रिशूली खोलाले २०७५ पुस २३ गते र ८ मेगावाटको त्रिशूली खोला स्मलले २०७९ भदौ २८ गते  ( प्रवर्द्धक हाइड्रो कन्सर्न प्रा.लि.) अध्ययन अनुमतिपत्र लिई काम अघि बढाएका छन् । 

सोही नदीमा अपि पावर कम्पनी लिमिटेडले पहिचान गरेको २६.१४ मेगावाटको त्रिशूली गल्छीले अध्ययन अनुमतिपत्रका लागि २०७९ भदौ २९ गते विभागमा आवेदन दिएको  छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit