विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नलगाड हाइड्रो पावर कम्पनी लिमिटेडले ४१७ मेगावाटको नलगाड जलाशय जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कर्णाली प्रदेशको जाजरकोट जिल्लामा पहिचान भएको आयोजना अघि बढाउन लागिएको हो ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । वन तथा वातावरण मन्त्रालयले प्रतिवेदनमा स्वीकृति दिनुअघि सरोकारवालासँग लिखित राय/सुझाव माग गरेको छ । 

मन्त्रालयले सरोकारवालासँग आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको वातावरणमा पर्न सक्ने प्रतिकुल प्रभावबारे ७ दिनभित्रमा लिखित राय÷सुझाव पेश गर्न आग्रह गरेको छ । प्रस्तावित आयोजनाबाट नलगाड नगरपालिका वडा नम्बर २, ५, ७, ८ तथा बारेकोट गाउँपालिका वडा नम्बर १, २, ५, ६, ७, ८ र ९ मा प्रभावित हुनेछ ।

नलगाड गाउँपालिका–७ दल्लीमा विद्युतगृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको बाँधस्थल प्रस्ताव गरिएको छ । नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत पावर हाउस निर्माण हुने कम्पनीले जानकारी दिएको छ ।

बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किलोमिटर लामो मुख्य सुरुङ र २ देखि ३ किलोमिटरसम्मका तीनवटा सहायक सुरुङ बन्नेछन् । ५०० मिटर लम्बाई र २४८ मिटर अग्लो बाँध निर्माण हुने प्रतिवेदनमा उल्लेख छ ।

जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुन्छ । आयोजनामा ४ वटा टर्वाइन हुनेछ । प्रत्येक टर्वाइनबाट १०४.२५ मेगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाबाट वार्षिक १२८०.४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ र सुख्खायाममा ६०४.९ गिगावाट र वर्षायाममा ६७५.५ गिगावाट घन्टा विद्युत उत्पादन हुने प्रतिवेदनले देखाएको छ ।

उत्पादित विद्युत ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत कोहलपुर सबस्टेसनमा जोडिने छ । आयोजनास्थलबाट कोहलपुरसम्म ११२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ । प्रस्तावित आयोजना निर्माण सम्पन्न गर्न १ खर्ब २१ अर्ब ९१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको काम ६ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit