विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युतमा निजी क्षेत्रको प्रवेश भए यता २ दशक अवधिमा निजी लगानीमा ११५ वटा विद्युत आयोजना निर्माण भई सञ्चालनमा आएका छन् । यो अवधिमा जलविद्युत र सौर्य विद्युतका आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका हुन् ।

निर्माण सम्पन्न भई सञ्चालनमा आएका यी विद्युत आयोजना विदेशी एवं स्वदेशी लगानीमा निर्माण सम्पन्न भएका हुन् । यी विद्युत आयोजनाको जडित क्षमता १३८६ मेगावाट छ । यसमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण सम्पन्न भएको २२ मेगावाटको चिलिमे र ४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत पनि समावेश छ ।

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार निजी लगानीमा निर्माण भएका ११४ आयोजनाले अहिले व्यापारिक उत्पादन गरेर विद्युत बिक्री गरिरहेका छन् । निजी लगानीमा सबैभन्दा पहिले ६० मेगावाटको खिम्ती निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । 

प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भएको खिम्तीले २०७५ साल असार २७ गतेबाट व्यापारिकरूपमा प्राधिकरणलाई विद्युत बिक्री गर्न सुरु गरेको थियो । यो आयोजना सञ्चालनमा आएको अहिले २१ वर्ष पूरा भइसकेको छ । खिम्ती निर्माण सम्पन्न भई २० वर्ष सञ्चालन भएपछि यसको आधा स्वामित्व प्राधिकरणमा आएको छ । 

खिम्तीपछि त्यही वर्ष (२०५७, माघ ११ गते) ४५ मेगावाटको माथिल्लो भोटेकोसी आयोजना सञ्चालनमा आएको थियो । यो आयोजना सञ्चालनमा आएको पनि २० वर्ष नाघिसकेको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त बन्न पुगेको भोटेकोसीको पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याईको छ ।

प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भएका खिम्ती र भोटेकोसीपछि ११३ वटा आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । पछिल्लो पटक रामेछापमा निर्माण भएको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिएको छ ।

यो आयोजना अहिले परीक्षण उत्पादनको चरणमा छ । आयोजनाले परीक्षण उत्पादनको अवधिभर प्राधिकरणलाई निशुल्क विद्युत दिइरहेको छ । परीक्षणको चरणपछि मात्रै व्यापारिक विद्युत उत्पादन सुरु हुनेछ । चालू आर्थिक वर्षको करिब ४ महिनामा मात्रै लिखु–४ सहित ५७२ मेगावाटका ५ विद्युत आयोजना सञ्चालनमा आएका छन् ।

प्राधिकरणका अनुसार अहिले पनि निजी लगानीमा १३७ विद्युत आयोजना निर्माणाधीन छन् । यी आयोजनाको जडित क्षमता ३ हजार मेगावाट बढी छ । निर्माणको विभिन्न चरणमा रहेका यी आयोजना अबको २ देखि ३ वर्षभित्रमा सम्पन्न हुँदैछन् । 

प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरी निर्माणमा जान लागेका ९५ विद्युत आयोजना छन् । यी विद्युत आयोजनाको जडित क्षमता १८ सय २७ मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit