images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले साढे ७ महिनामा १७६० मेगावाटका विद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरणले यस अवधिमा जलविद्युत् र सौर्य गरी ५७ आयोजनाको पिपिए सम्पन्न गरेको हाे ।

२०८० वैशाखदेखि मंसिर १७ गतेसम्म १७६०.२८७ मेगावाटका विद्युत् आयोजनाको पिपिए सम्पन्न गरेको प्राधिकरणले जनाएको छ । पिपिए भएकामध्ये ५ वटा मात्रै सौर्य आयोजना छन् भने बाँकी ५२ जलविद्युत् आयोजना रहेका छन् ।

प्राधिकरणले ४५ मेगावाटका सौर्य र १७१५.२८७ मेगावाटका जलविद्युत् आयोजनाकाे पिपिए गरेको छ । साैर्य ऊर्जातर्फ तराई सोलार प्रालिले अघि बढाएको ७.७ मेगावाटको जिरा भवानी सोलार र तराई इनर्जी प्रालिले अघि बढाएको २.३ मेगावाटको डिडिबी सोलार आयोजनाको पिपिए कात्तिक १५ गते सम्पन्न गरेको थियो ।

यसैगरी, पशुपति रिन्युएवल्स प्रालिसँग १० मेगावाटको धरमनगर-१ र १५ मेगावाटको धरमनगर–२ को सौर्य विद्युत् खरिद गर्न मंसिर १० गते पिपिए गरेको थियो । साथै, त्यही दिन १० मेगावाटको अर्गा सोलारको विद्युत् किन्न अर्गा भगवती भेन्चर्स प्रालिसँग सम्झौता गरेको थियो ।

प्राधिकरणले साढे ७ महिनाको अवधिमा सबैभन्दा बढी पिपिए असारमा गरेको हो । असारमा मात्रै १३ विद्युत् आयोजनासँग बिजुली किन्ने सम्झौता गरेको थियो । यी आयोजनाबाट ४०६.४२ मेगावाट बिजुली उत्पादन हुनेछ ।

यस्तै, वैशाखमा ११० मेगावाटका २, साउनमा ४२७.२ मेगावाटका ७, भदौमा ३०८.२२ मेगावाटका ११, असोजमा २२८.३६ मेगावाटका १०, कात्तिकमा १२४.६ मेगावाटका ४ र मंसिर १७ गतेसम्म १५५.४८ मेगावाटका १० विद्युत् आयोजनासँग पिपिए भएको प्राधिकरणको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit