विद्युत अपडेट

  • प्राधिकरण : ९५१० मे.वा.घन्टा
  • सहायक कम्पनी : १५७५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५०९३ मे.वा.घन्टा
  • आयात : १६ मे.वा.घन्टा
  • निर्यात : १९००४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७०३७३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०३९ मे.वा.
२०८३ असार ३०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

वीर नेपाली ...
हटी होइन, डटी लड्ने
परिचय यत्ति काफी थियो,

अब त समयले 
कोल्टे फेरिसक्यो;
सायद फेरिँदैछ
परिचय पनि !

नियतिले हर-नेपालीको
मुटु हल्लाएको छ -
पिल्सिएको छ, पोलिएको छ
डढेको छ अँगारसरी
मौन-पीडा फैलिएको छ
समाजका गह्राभरि विषसरी !

आगोको ज्वाला
शरीरमा मात्र सल्बलाएन
गल्ली र चोक
मन-मस्तिष्कमा दन्किरह्यो !
भयानक महामारीझैँ,
बस्ती-बस्ती गिँजोल्दै !

टाढा-टाढा कसैको
चित्कार सुनिँदैछ
विनाशकारी विस्फोटझैँ,
पृथ्वीको अन्त्य नजिकिएझैँ
प्रलयको सङ्‌केतझैँ
बिनाचिता, बिनाब्रह्मनाल
बिनामलामी, बिनासलामी ।
आर्यघाट जानसमेत नभ्याउँदै
मध्यसडकमै जल्दैछ
गङ्गाजलले होइन,
पेट्रोलले नुहाउँदैछ, ऊ ।

सायद, यही हो – नियति !
बूढो रुखको ठुटोजस्तै 
दन्दनी बल्दैछ
सबैलाई जिस्क्याउँदै
चिन्ता-पीर बिसाएर
झिल्का फाल्दैछ
मुक्तिको अन्तिम सास फेर्दै 
स्वतन्त्रताको विगूल फुक्दैछ !

गरिबी, अभाव र निराशाको
निशाना बनेर
तिरस्कार र बहिष्कारका
चोटहरू सहेर
बाँच्ने आधार खोज्दा–खोज्दै,
हतियार सकिएपछि
गोला-बारुद रित्तिएपछि
युद्ध लड्ने आँटको
दियो निभाएर
भुक्लुक्क ढल्छ, ऊ !

अलि पर,
उसैका लागि होला
मानवता र वाक्-स्वतन्त्रताका
नारा गुन्जिँदै थिए - जिन्दावाद !

भुसुनाझैँ लाग्ने
नामबिनाको 'नेपाली'
थरबिनाको 'नेपाली'
यही होला– विडम्बना !

हो, उसले अन्ततः 
नाम पाएछ
परिचय पाएछ !
न्याय पाएछ, जिउमा
आगो सल्किएपछि

अझै केही पर
उसको अमरताको
नारा घन्किएको सुनिँदैछ
रातको चौथो प्रहरमा
पशुपतिमा निरन्तर
बजिरहने घन्टाजस्तै ।

तर, देखिरहेछु 
घृणा र  निराशा
विश्वासको विघटन 
सर्वत्र नकारात्मक राज
समाजमा, सम्बन्धमा
व्यवहार र राजनीतिमा
अन्तत: मानव-चेतनामा
बाक्लिँदै गएको अँध्यारो !

ज्वालामुखी फुट्दै
विश्वासका हिमाल ढल्दै
सह-अस्तित्वका पहाड भत्किँदै
सिङ्गो देशलाई प्रश्न छोडेर
अंश नमागी
कसैबाट दागबत्ती नपर्खी
कुनै अपेक्षा नराखी
सधैँका लागि ढल्यो 
ऊ !

अब फर्किन्न, कराउन्न
अतीत भइसक्यो
सुन्नुपर्ने छैन
भुईंमान्छेको एउटा
विदीर्ण चित्कार !

यहाँ नियतिले पुनः
टाउको नउठाओस्
मृत्युपछिका करुणा
दयाका भिक्षापत्र
निरर्थक प्रशंसा
र, खोक्रा संवेदनाले
जुलुस ननिकालुन् ।

तथापि, हामी संस्कारबाट
अभिप्रेरित छौँ,
मृत्युपछि जय मनाउन
कर्कशा ध्वनि मिसाएर
कालचक्रको अन्तिम राग
अलापिरहन !

स्रष्टा, नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३