विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शक्यले संस्थाको गरिमा आर्थिक, प्रशासनिक र व्यापारिक दृष्टिले आजको दिनसम्म आइपुग्न विगतमा काम गरेका हरेक कर्मचारी तथा नेतृत्वको योगदान रहेको बताएका छन् । प्राधिकरणको १७औं कार्यकारी निर्देशकको रूपमा अाज (फागुन २ गते) पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यकारी निर्देशक शाक्यले विगतका विभिन्न अप्ठ्यारा समयमा संस्थाको नेतृत्व गर्ने १६ जना कार्यकारी निर्देशकलाई विशेषरूपमा स्मरण गरेका थिए । मन्त्रिपरिषद्को गत माघ २६ गतेको निर्णयअनुसार उनलाई कार्यकारी निर्देशक नियुक्ति गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शाक्यलाई माघ २९ गतेदेखि लागू हुने गरी बढीमा ४ वर्षका लागि उक्त पदमा नियुक्त गरेको पत्र दिएको छ ।

आफ्नो कार्यकालमा विद्युत सेवा गुणस्तरीय बनाउन प्रसारण तथा वितरण प्रणाली सुधारमा जोड दिने उनले बताए । उनले देशभित्र खपत भई बढी भएको विद्युतको बजार सुनिश्चित गर्नका लागि पनि भूमिका खेल्ने बताए । अबको ४ वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत ५ सय युनिट पुर्याउने, संस्थागत विकासको योजनालाई अध्यावधिक गर्ने लगायत काम गर्ने प्रतिवबता जनाएका छन् ।

‘अहिले निर्माणाधीन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजना सम्पन्न गर्ने गरी काम गर्छु,’ उनले भने, ‘ दूधकोसी, माथिल्लो अरुणजस्ता देशकै कायापलट गर्ने आयोजनाको निर्माण पनि मेरै कार्यकालमा अघि बढाउनुपर्नेछ ।’ उनले विद्युत चुहावट नियन्त्रण, वितरण प्रणाली सुदृणीकरण तथा विस्तारका कामलाई पनि प्राथमिकतामा राखिने बताए ।

‘लेउ या तिर’ (टेक अर पे) सर्त राखी विद्युत खरिद सम्झौता (पिपिए) गरेका जलविद्युत आयोजनाका लागि बर्खाको विद्युत बिक्री गर्ने कार्य चुनौतीपूर्ण रहेको बताउँदै शाक्यले आन्तरिक बजार बढाउनमा जोड दिने बताए । उनले यस्ता आयोजनाको विद्युत खेर जान नदिन छिमेकी मुलुकमा निर्यात गर्ने विषयलाई प्राथमिकताका साथ उठाउने बताए ।

उनले पुराना विद्युतीय संरचनाका कारण विद्युत वितरण प्रणालीमा समस्या आउने गरेको बताए । ‘प्राधिकरणले माग अनुसारको आपूर्ति व्यवस्थापन गर्न सक्छ । तर, हाम्रा संरचना पुराना भएकाले कहिले काहीं समस्या आउने गरेको छ । यी संरचना बदलेर नयाँ बनाउन स्रोतको अभाव र स्थानीय अवरोध जस्ता कारण बाधक छन्’ उनले भने । 

उनले सबै खाले चुनौतीको सामना गर्दै सूचना प्रविधिको अधिकतम उपयोग गरेर प्रसारण तथा वितरण प्रणालीलाई अत्याधुनिक एवं स्वचालित बनाइने बताए । यस्तै, कार्यक्रममा अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले आन्तरिकरूपमा खपत भएर बढी भएको विद्युत्को बिक्री व्यवस्थापन नै प्राधिकरणका लागि सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गरे ।

‘विश्वसनीय विद्युत आपूर्ति, चुहावट नियन्त्रण, मुलुकलाई पूर्ण रुपमा विद्युतीकरण गर्नु पनि चुनौतीपूर्ण देखिएको छ’, उनले भने, ‘यस्ता चुनौतीको सामना गर्न कार्ययोजनाका साथ अगाडि बढ्नुपर्छ, यसमा कार्यकारी निर्देशकलाई हामी सबैको साथ र सहयोग रहन्छ ।’

प्राधिकरणको आधिकारिक ट्रेड युनियका संयोजक रामेश्वर पौडेलले बढी भएको विद्युत बिक्री, चुहावट नियन्त्रण, संस्थागत पुनर्संरचना विगतमा हासिल भएका उपलब्धीको निरन्तरतालगायतका विषय नयाँ व्यवस्थापनको चुनौती रहेको बताए । उनले यस्ता चुनौतीको सामना गर्न व्यवस्थापनले चाल्ने कदममा सहयोग र साथ रहने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit