विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले आगामी आर्थिक वर्ष (२०७८/७९) देखि १३२ केभी मेवा–चांगे डबल सर्किट प्रसारण लाइनको निर्माण सुरु गर्ने भएको छ । ताप्लेजुङको मेवा बेसिनमा निर्माणाधीन तथा निर्माण हुने हुने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने गरी यो प्रसारण लाइनको निर्माण सुरु गर्न लागिएको हो ।

कम्पनीले प्रसारण लाइन निर्माण गर्न आइतबार ठेक्का सम्झौता गरेको छ । कम्पनी र कस्मिक इलेक्ट्रिकल इन्जिनियरीङ एसोसियड प्रालिबीच सम्झौता भएको हो । मिक्वाखोला गाउँपालिको फापुङमा निर्माण हुने १३२/३३ केभी मेवा सबस्टेसनदेखि मेवाखोला गाउँपालिकास्थित कोसी कोरिडोरको ढुंगेसाघु सबस्टेसम्मको प्रसारण लइन निर्माण गर्न सम्झौता गरिएको हो । 

मेवा बेसिन र सहायक नदी तथा खोलाबाट उत्पादन हुने करिब १ सय ८० मेगावाट विद्युत प्रवाह गर्ने उद्देश्यले यो प्रसारण लाइन निर्माण अघि बढाउन लागिएको आयोजना प्रमुख बिकेन बर्जाचार्यले बताए । ‘प्रसारण लाइनको निर्माण अबको डेढ महिनामा सुरु हुँदैछ,’ उनले ऊर्जा खबरसँग भने, ‘२० किलो मिटर लामो प्रसारण लाइनमा ५८ वटा टावर निर्माण हुनेछन् ।’

लाइनको सबस्टेसन निर्माणका लागि जग्गा प्राप्तिको काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । कम्पनीले प्रसारण लाइन र सबस्टेसनको प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची तयार गरी, वातावरणीय अध्ययन गरिसकेको छ ।

मेवा करिडोरका आयोजनाबाट उत्पादन हुने विद्युत यही प्रसारण लाइनमार्फत ढुंगेसाँघु सबस्टेसनसम्म पुर्याइने उनले बताए । यो प्रसारण लाइन २०८० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न १ अर्ब १ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यो प्रसारण लाइन पूरा भएपछि करिब १ सय ८० मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३