विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशको विभिन्न ठाउँमा पहिचान भएका ६ हजार ५ सय मेगावाटभन्दा बढी क्षमताका २४ जलविद्युत आयोजनाहरू अध्ययनको विभिन्न चरणमा रहेका छन् ।

विद्युत विकास विभागका अनुसार ६५८२.२१ मेगावाट बराबरको २४ जलविद्युत आयोजनाको अध्ययन भइरहेको छ । अध्ययनरत आयोजनाहरूमध्ये ५२८३.३३ मेगावाटका १० जलाशय, १०२६.२६ मेगावाटका ७ आंशिक जलाशय र २७२.६२ मेगावाट ७ नदी प्रवाही आयोजना रहेका छन् । 

अध्ययन भइरहेका आयोजनाहरूमध्ये सबैभन्दा ठूलो १५४७ मेगावाटको खिम्ती जलाशय रहेको छ । साथै, ३२२.१८ मेगावाटको भारबुङ, ५०० मेगवाटको कालिगण्डकी–२, ६२० मेगावाटको कालिगण्डकी बहुउद्देश्यीय, ६३ मेगावाटको कोखाजोर, ३५० मेगावाटको तल्लो बडीगाड खाेला, १६५ मेगावाटको मादी सिटी, ५५ मेगावाटको मनहरी खोला, ९७८ मेगावाटको सुनकोसी–२ र ६८३ मेगावाटको सुनकोसी–३ जलाशाय विभागले अध्ययन गरिरहेको छ ।

यसैगरी, ९९.९८ मेगावाटको डाँडागाउँ खलंगा, १०.८० मेगावाटको हिमा खोला, ६१.०२ मेगावाटको हुम्ला कर्णाली, ६८४.४४ मेगावाटको हुम्ला कर्णाली क्यास्केड, ४२ मेगावाटको मर्स्याङ्दी–३, ९३.०२ मेगावाटको मुगु कर्णाली, ३५ मेगावाटको तिला रिभर आंशिक जलाशाय आयोजनाको अध्ययन भइरहेको विभागको तथ्यांकमा उल्लेख छ ।

२७.९० मेगावाटको मध्य इन्खु, ३४.९३ मेगावाटको सुपर बूढीगण्डकी, ५३.८५ मेगावामा माथिल्लो चमेलिया लगायत अन्य ४ नदी प्रवाही आयोजना पनि अध्ययनको चरणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३