विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत २, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अप्रत्याशित रूपमा बढेपछि नेपाल आयल निगमले नेपालमा पनि इन्धनको मूल्य बढाएको छ । निगमले समायोजन गरेको मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १० रुपैयाँ मूल्य बढेको छ ।

निगमले ढुवानी दूरीका आधारमा विभिन्न क्षेत्रलाई तीन वर्गमा विभाजन गरी नयाँ मूल्य तोकेको छ । जसअनुसार काठमाडौँ, पोखरा र दिपायल जस्ता तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रति लिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५२ रुपैयाँ कायम गरिएको छ ।

दोस्रो वर्ग अन्तर्गत पर्ने सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ र डिजेल/मट्टितेल १५१ रुपैयाँ पुगेको छ ।

चारआली, विराटनगर, नेपालगञ्ज र वीरगञ्ज लगायतका पहिलो वर्गका क्षेत्रमा पेट्रोल १६९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १४९ रुपैयाँ ५० पैसा तोकिएको छ । नयाँ समायोजित मूल्य चैत २ गतेदेखि देशैभर लागु गरिएको निगमले जनाएको छ ।

इन्धनको मूल्य समायोजन गरेपछि पनि निगमको वित्तीय अवस्था अझै चुनौतीपूर्ण देखिएको छ । अन्तर्राष्ट्रिय बजारको बढ्दो दरका कारण यो मूल्य वृद्धि पश्चात् पनि निगमलाई १५ दिनमै करिब ३ अर्ब ९३ करोड रुपैयाँ एकमुष्ट घाटा हुने प्रक्षेपण गरिएको छ ।

सार्वजनिक सवारी र ढुवानीका साधनमा प्रयोग हुने डिजेलको मूल्यमा भने उपभोक्ताको सहजताका लागि अधिकतम लचकता अपनाई तुलनात्मक रूपमा कम मूल्य बढाइएको निगमले जानकारी दिएको छ ।

विश्व बजारको विषम परिस्थितिले सिर्जना गरेको यो समस्या समाधानका लागि निगमले मूल्य स्थिरीकरण कोषको समेत प्रयोग गरेको जनाएको छ । साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने बित्तिकै यहाँ पनि तत्काल मूल्य घटाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३