विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्की जिल्लाको मादी गाउँपालिकास्थित ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको ५ हजार ४ सय मिटर लामो सुरुङको निर्माण सकिन लागेको हो ।

अब आयोजनाको मुख्य सुरुङ छेडिन ६५ मिटर मात्र बाँकी रहेको सुपर मादी हाइड्रो पावर लिमिटेडका कार्यकारी अधिकृत पुष्पज्योति ढुंगानाले बताए । उनका अनुसार प्राविधिक रुपमा कुनै समस्या नआए अबको २ सातामा सुरुङ खनेर पूरा हुनेछ ।

‘आयोजनाको सबैभन्दा जटिल काम सुरुङ खन्ने काम सम्पन्न गर्ने चरणसम्म आइपुगेका छौ,’ उनले ऊर्जाखबरसँग भने, अग्रेजी नयाँ वर्ष १ तारिक (नेपाली १८ गते) सुरुङ छेड्ने लक्ष्य छ ।’ मुख्य सुरुङको ५ हजार ३ सय ३५ मिटर खन्ने काम सकिएको छ । पेनस्टक पाइप जडानको काम भइरहेको छ ।

आयोजनाको सिभिल संरचनाको काम अन्तिम चरणमा पुगेको छ । बाँध, विद्युतगृह सबै क्षेत्रको काम भइरहेको छ । आयोजनाको सबै काम पूरा गरेर आगामी असारमा उत्पादन सुरु गर्ने लक्ष्य रहेको पनि ढुंगानाले बताए । यसअघि आयोजनाबाट आगामी चैत्रदेखि उत्पादन सुरु गर्ने योजना थियो । गत असार १ गते मादी खोलामा आएको बाढीले आयोजनाको संरचना नै भत्काएपछि विद्युत उत्पादन तालिका धकेलिएको हो ।

बाढीले आयोजनाका निर्माण उपकरण तथा सामाग्री सबै बगाएको थियो । संरचनामा पुगेको क्षति तथा बाढीमा उपकरण बढ्दा १ अर्ब रुपैयाँ बढीको नोक्सानी  प्रवद्र्धक कम्पनीले बेहोर्नुपरेको थियो । बाढीको क्षतिको केही बीमा दाबीबाट परिपूर्ति भएको कम्पनीले जनाएको छ ।

यसअघि आयोजनाबाट आगामी चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । आयोजनाको ८० प्रतिशत निर्माण पूरा भइसकेपछि बाढीले क्षति पुर्याउँदा निर्माण अवधि लम्बिएको छ ।

बाढीले २५ करोड रुपैयाँ बराबरका निर्माण उपकरण बगाएको थियो । १७ करोड रुपैयाँ बढीको निर्माण सामाग्री पनि बाढीमा बगेको थियो । बाढीले आयोजनाको बाँध क्षेत्रका संरचनामा पनि ठूलो क्षति गरेको छ ।

७ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ८ बैंकले ५ अर्ब ७५ करोड २५ लाख रुपैयाँ लगानी गरेका छन् । लगानी गर्ने बैंकहरूमा एनआइसी एसिया, एनसिसी, सनराइज, कुमारी, कृषि विकास, राष्ट्रिय वाणिज्य र प्रभू बैंक छन् । बाँकी स्वपुँजी लगानी छ ।

आयोजनाबाट वार्षिक २४२.६५ गिगावाट घन्टा बिजुली उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युतगृहदेखि ९ किलोमिटर ३३ किलोमिटर प्रसारण लाइन निर्माण गरेर माथिल्लो मादी विद्युतगृहको नजिकैको सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको सिभिल निर्माण हिमाल हाइड्रो लिमिटेड र परामर्शदाताको जिम्मा सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ कम्पनीले पाएका छन् । सिभिल निर्माणको ठेक्का २०७५ जेठ ७ गते भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit