images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नुम्बुर दुधकुण्ड हाइड्रो पावर प्रालिले ९.४८ मेगावाट तल्लो दुधकुण्ड खोला जलविद्युत आयोजना ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनीले कोशी प्रदेश अन्गर्गत सोलुखुम्बु जिल्लामा पहिचान भएको आयोजना २०८४ मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो । 

जिल्लाको सोलुदुधकुण्ड नगरपालिका भएर बग्ने दुधकुण्ड खोलामा पहिचान भएको आयोजनाको निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार आयोजनाको काम अघि बढाउन विद्युत विकास विभागमा आवेदन दिइएको छ । विभागबाट स्वीकृत प्राप्त हुने लगतै आयोजनाको काम अघि बढाइनेछ । 

प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्रमा सरोकारवालालाई लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ ।

यो आयोजना नदी प्रवाहीमा आधारित (रन अफ रिभर) प्रकारको आयोजना हो । यस आयोजनाको डिजाइन बहाब ५.५१ घनमिटर प्रति सेकेण्ड र ग्रस हेड २१०.५ मिटर रहनेछ । आयोजनाबाट वार्षिक सरदर ५७.२५ गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाको मुख्य संरचनाहरू दुधकुण्ड खोलाको दायाँ किनारमा पर्दछन् । ३१.५ मिटर लम्बाइ, १७.६ मिटर चौडाई र १९ मिटरको उचाई भएको सतही विद्युत गृहमा २ वटा ४.९३७ मेगावाटका २ वटा टवाईनमा पानी खसाली सो टवाईनसँग जोडिएको २ वटा ६ मेगाभोल्ट एम्पिएर क्षमताका जेनेरेटर मार्फत वद्युत् उत्पादन गरिनेछ ।

उत्पादित विद्युत्‌लाई विद्युतगृह नजिकै बनाएकाे स्वीच्यार्डबाट ३३ केभी प्रसारण लाइन मार्फत ५ किलोमिटरको दुरीमा रहेको अपर सोलु खोला जलविद्युत आयोजनाको स्वीचयार्डसम्म र त्यहाँबाट १३२ केभी प्रसारण लाइन मार्फत २० किलोमिटरको दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको तिङ्गला सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण लाइनमा समाहित गरिनेछ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, वायू प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit