विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाठौं । स्वदेशी विद्युत उत्पादकले आर्थिक वर्ष (आव) २०७७/७८ मा केन्द्रीय प्रसारण प्रणालीमा साढे ३६ प्रतिशतभन्दा बढी योगदान पुर्याएको छ । नेपाल विद्युत प्राधिकरणको भदौ १ गते सम्पन्न भएको ३६औं वार्षिकोत्सवको अवसरमा उक्त तथ्यांक बाहिर ल्याइएको हो ।

गत आवमा केन्द्रीय प्रणालीमा ८ अर्ब ८७ करोड ७९ लाख ५० हजार युनिट विद्युत उपलब्ध भएको थियो । यसमध्ये निजी क्षेत्रको योगदान ३ अर्ब २४ करोड युनिट विद्युत आपूर्ति गरेको थियो । जुन अघिल्लो आवमा २ अर्ब ९९ करोड युनिट आपूर्ति गरेको थियो । निजी क्षेत्रले अघिल्लो आवको तुलनामा गत आवमा ८.३६ प्रतिशतले बढी हो ।

प्राधिकरणका अनुसार उपलब्ध विद्युतमध्ये साना विद्युतगृहसहित प्राधिकरणका जलविद्युतगृहबाट २ अर्ब ८१ करोड युनिट र भारतबाट आयातित परिमाण २ अर्ब ८२ करोड युनिट रहेको थियो । प्रणालीमा उपलब्ध विद्युतमा प्राधिकरणको ३१.६६ प्रतिशत, निजी क्षेत्रको ३६.५१ प्रतिशत र भारतबाट आयातित परिमाणको योगदान ३१.८३ प्रतिशत रहेको छ ।

प्राधिकरणले गत आवमा विद्युत बेचेरमात्र ७१ अर्ब २८ करोड रुपैयाँ आम्दानी गरेको छ । जसमध्ये, स्वदेशी निजी क्षेत्र र भारतबाट आयातित विद्युतका लागि साढे ४१ अर्ब रुपैयाँ भुक्तानी गरिएको छ । भारतबाट आयातित विद्युतलाई २१.५ अर्ब र बाँकी स्वदेशी निजी क्षेत्रलाई भुक्तानी गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणले अघिल्लो आवको तुलनामा गत आवमा औसत प्रतियुनिट १.२९ रुपैयाँ कममा ग्राहकलाई बिजुली बेचेको छ । जुन, अघिल्लो आवमा प्रतियुनिट औसत १०.९२ रुपैयाँ थियो । गत आवको हिउँदमा कम वर्षा हुँदा, भारतबाट महँगोमा विद्युत किन्नुपर्दा र प्राधिकरण तथा निजी क्षेत्रका विद्युतगृहबाट प्रक्षेपितरूपमा विद्युत उत्पादन नहुँदा प्राधिकरणको मुनाफामा समेत असर परेको छ ।

अघिल्लो आवमा करिब ११ अर्ब रुपैयाँ कमाएको प्राधिकरणको गत आवको करअघिको नाफा ६ अर्ब रुपैयाँ रह्यो । गत आवमा प्राधिकरणका विद्युतगृहबाट करिब २१ करोड युनिट विद्युत कम उत्पादन हुँदा २७ करोड ९ लाख रुपैयाँ कम आम्दानी भयो ।

प्राधिकरणका अनुसार प्रणालीमा उपलब्ध विद्युतमा खरिदको हिस्सा ६८.३४ प्रतिशत रह्यो भने विद्युत बिक्रीबापत प्राप्त आम्दानीको ५८.८३ प्रतिशत रकम विद्युत खरिदमा खर्च भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा १८ प्रतिशतले खरिद बढी हुँदा पनि त्यही अनुसार भुक्तानी गर्नुपरेको थियो ।

गत आवमा प्रणालीमा उपलब्ध विद्युतमध्ये करिब ७ अर्ब ३२ करोड युनिट विद्युत खपत भएको थियो । जुन अघिल्लो आवको तुलनामा करिब ६ अर्ब ५३ करोड युनिट खपत भएको थियो ।

यसैगरी, गत आवमा विद्युत चुहावट १७.१८ प्रतिशत पुगेको छ । जुन, अघिल्लो आवको तुलनामा १.९१ प्रतिशत बढी हो, अघिल्लो आवमा विद्युत चुहावट १५.२७ प्रतिशतमा सीमित थियो । विद्युत खपतमा भएको बृद्धि, कोभिड–१९ को कारणले चुहावट नियन्त्रण कार्यक्रम उल्लेख्यरूपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ हुन नसक्दा चुहावट बढेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit