विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पिस इनर्जी कम्पनीले २१ मेगावाटको माथिल्लो काबेली जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले प्रदेश नम्बर १ को ताप्लेजुङ जिल्लामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्यययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय÷सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय÷सुझाव  पठाउन सरोकारवालसँग  समक्ष  आग्रह गरेको छ  ।

विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी राय÷सुझाव पठाउन सरोकारवालाले पठाउन सक्ने विभागले जनाएको छ । आयोजनाको बाँधस्थल सिदिङ्वा गाउँपालिकामाको बायाँ र सिरीजङगा गाउँपालिकाको दाया रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ ।

विद्युतगृह सिरीजङ्घा डाडाँ गाँउ नजिक रहनेछ । बाँधस्थलबाट ४ हजार ९ सय ९५ मिटर लामो  हेडरेस पाइप र १ हजार ५४ मिटर लामो स्टील पाइपमार्फत विद्युतगृहमा पुर्याइनेछ ।

विद्युतगृहमा २ वटा टर्वाइन जडान हुनेछ । टवाईनमा जडान भएको ३ फेजको २ वटा जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक १६६.५ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । आयोजनाबाट २०८२ साउनभित्र विद्युत उत्पादन सुरु गरिने कम्पनीले जनाएको छ ।

उत्पादीत विद्युत १३२ केभी प्रसारण लाइन हुँदै करिब २५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको ढुंगेसाँघु सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit