विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मेलम्ची नदीमा असार १ गतेदेखि आएको भीषण बाढीका कारण वितरण लाइनका १ सय ७० बढी विद्युतीय पोलमा क्षति पुगेको छ । बाढीले वितरण लाइनका पोल बगाउने, तार चुँड्याउने तथा पोल ढाल्ने गरेकाले क्षति पुगेको हो ।

शुक्रबार अपरान्ह ३ बजेसम्ममा ११ केभी वितरण लाइनका ७० वटा पोल बाढीले बगाएर बेपत्ता पारेको छ । करिब १ सय पोल ढलेको, भाँचिएको र बाङ्गिएको अवस्थामा रहेको नेपाल विद्युत प्राधिकरण मेलम्ची वितरण केन्द्र प्रमुख माधव न्यौपानेले बताए ।

‘बाढीले नदी किनार र बजार क्षेत्रका पोलमा क्षति पुर्याएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘कहीं कहीं वितरण लाइनका पोल गाडिएको जमिन नै बगाएको छ ।’ उनले २ वटा ट्रान्सफर्मरमा पनि क्षति पुगेको बताए ।

बाढीले बढी क्षति पुर्याएको ठाउँमा अझै पुग्न नसकिएकाले यकिन विवरण आउन नसकेको उनले जानकारी दिए । बढी क्षति भएको हेलम्बु र पाँचपोखरी क्षेत्रमा प्राधिकरण टोली गए पनि सबैतिरको विवरण अझै आउन सकेको छैन ।

बाढीले प्राधिकरणको हेलम्बुस्थित शाखा कार्यालयमा पनि क्षति पुर्याएको न्यौपानेले बताए । हेलम्बु र पाँचपोखरीमा बढी क्षति भएकोले विद्युतीय संरचनाको मर्मतसंभार गरेपछि मात्रै विद्युत आपूर्ति सुचारु गरिने उनले बताए ।

यी २ गाउँपालिकासम्म पुग्ने सडक सञ्जाल तथा पुल बाढीले भत्काएकाले तत्काल बिग्रीएका संरचनाको मर्मत गरी आपूर्ति सुचारु गर्न सकिने अवस्था छैन ।हेलम्बु र पाँचपोखरीका सबै वडा असार १ गतेदेखि अन्धकारमय हुन पुगेका छन् । प्राधिकरणले मेलम्ची वितरण केन्द्रका २ वटा ११ केभी फिडरमार्फत यी गाउँपालिकामा विद्युतीकरण गरेको छ । 

बाढीले साढे ७ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने ६६ केभी प्रसारण लाइनका ३ वटा टावरमा समेत क्षति पुयाएको छ । जलविद्युत केन्द्रको विद्युतगृहदेखि इन्द्रवती सबस्टेससम्मको प्रसारण लाइनका टावर बाढीमा बगेका हुन् ।

विद्युत प्रवाह हुने प्रसारण लाइनमा क्षति पुगेपछि इन्द्रावती तेस्रोको उत्पादन ४ दिनदेखि बन्द छ । पाँचपोखरीमा सञ्चालमा रहेको ९९० किलोवाटको हाँडीखोला जलविद्युत केन्द्रको उत्पादन पनि अहिले बन्द छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit