विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । करिब ३ वर्षअघिदेखि स्तरोन्नतीको काम सुरु गरिएको सुन्दरीजल जलविद्युतगृहको पुनर्निर्माणकाे काम पूरा भएको छ । स्तरोन्नती गरिएको विद्युतगृह (साउन १ गते शुक्रबार) नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उद्घाटन गरेका छन् ।

विद्युतगृह ८७ वर्ष पुरानाे भएकाे र मर्मत गरिरहन पर्ने हुँदा दुवै युनिट परिवर्तन गर्ने गरी पुनर्निमाण गरिएकाे शाक्यले बताए । ‘डिजाइन परिवर्तन गरेर स्तराेन्नती गरिएकाे हुँदा वार्षिक उत्पादित उर्जा बढ्ने र आउने ३०-४० वर्षका लागि ढुक्क हुनेछ,’ उनले ऊर्जा खबरसँग भने, ‘काठमाडाैंकाे लाेड सेन्टर नजिक रहेकाे हुँदा सुन्दरीजल, बाैद्धलगायत क्षेत्रकाे भाेल्टेज बढाउन सहयाेग पुग्छ ।’ साथै, यसले मेलम्ची खानेपानीमा प्रयाेग हुने माेटर र विद्युत आपूर्तिलाइ समेत भरपर्दाे बनाउने उनकाे भनाइ छ ।

बेलायत सरकारको सहयोगमा करिब ९ दशक अगडि निर्माण भएको विद्युतगृह ६४० किलोवाटमा सञ्चालन हुँदै आएको थियो । यो फर्पिङ (५०० किलोवाट) पछि नेपालमा निर्माण भएको दोस्रो विद्युतगृह हो । बेलायत नै निर्माण गरी १९९१ साल ( सन् १९३४) मा विद्युतगृह नेपाललाई हस्तान्तरण गरिएको थियो ।

काठमाडौंबाट १५ किलोमिटर उत्तरपूर्व गोकर्णेश्वर नगरपालिकामा अवस्थित विद्युतगृहबाट उत्पादन घट्दै गएपछि क्षमता बढाएर पुनर्निर्माण गरिएको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा पुनर्निर्माण भएको विद्युतगृहमा ४८५ किलोवाटका दुई वटा टर्बाइन जडान गरिएको छ । जसको पुनर्निर्माण गर्न ६ करोड ५८ लाख ४३ हजार रुपैयाँ खर्च भएको प्राधिकरणले जानकारी दिएको छ ।

यसअघि ३२० किलोवाटका दुई टर्बाइन जडित थिए । जसबाट ४७ लाख ७० हजार युनिट विद्युत् उतपादन हुने गरेको थियो । काठमाडौं उपत्यकामा खानेपानी वितरण तथा विद्युत् उत्पादन गर्ने उद्देश्यले निर्माण भएको जलविद्युतगृहको उत्पादन पछिल्ला वर्षमा घट्दै गएको थियो ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७४/७५ मा वार्षिक ३५ लाख ८० हजार युनिटमात्र उत्पादन भएको थियो । यस्तै, आव २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा १७.१९ प्रतिशतले उत्पादन घटेको थियो । विद्युतगृहका होरिजेन्टल पेल्टन टर्बाइन, जेनेरेटरलगायत उपकरण फेरिएको छ ।

विद्युतगृहको पुरानो डिजाइन

आयोजना : नदी प्रवाही
क्षमता : ६४० किलोवाट
वार्षिक उत्पादन : ४७.७० लाख युनिट
टर्बाइन : २ (होरिजेन्टल पेल्टन)
जेनेरेटर : २७७ केभिए र ३ं३ केभिए
प्रसारण लाइन : ११ केभी
सञ्चालन अवस्था : चालू

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit