विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दाेलखा। प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ देवीटारमा निर्माण भएको २२०/१३२ कभी नयाँ–खिम्ती सबस्टेसनको उद्घाटन गरेका छन् । सञ्चालनमा आएकाे करिब ९ महिनापछि नेपालकै दोस्रो ठूलो क्षमताको यस सबस्टेसनको शनिबार उद्घाटन गरिएकाे हाे ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी तथा निजी क्षेत्रले निर्माण गरेका विभिन्न जलविद्युत आयोजनाको विद्युत जोडिएर अन्य क्षेत्रमा प्रवाह हुने यो महत्त्वपूर्ण सबस्टेसन गत साउनदेखि नै सञ्चालनमा आएको थियो । तामाकोसीको १०० मेगावाट बिजुली यही सबस्टेसनमा जोडिएर काठमाडौंतर्फ प्रवाह भइरहेको छ । बाँकी बिजुली त्यहाँबाट ढल्केबर सबस्टेसनमा जोडिई पूर्व–पश्चिम वितरण भइरहेको छ ।

प्रधानमन्त्री देउवाले विहान ९ बजे रामेछापको फुलासीमा रहेको न्यू–खिम्ती सबस्टेसनको उद्घाटन गरेको अपर तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । 

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु  गत असार २१ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । आयोजनाको उद्घाटन गरेको २ महिनापछि मात्र आयोजनाको परीक्षण पूरा गरी व्यवसायीक उत्पादन थालेको थियो ।

माथिल्लो तामाकोसी सहित जलविद्युत आयोजनाबाट विद्युत न्यू–खिम्ती सबस्टेसनमा आउने र जाने गरी ४ वटा ७२ मिटर अग्ला टावर निर्माण गरिएको छ । सहरेटारबाट उत्तरतिरको टावरबाट माथिल्लो तामाकोसी सहित गर्जाङ–खिम्ती र लिखु–खिम्ती ३ प्रसारण लाइनबाट आएको विद्युत सबस्टेसनमा जोडिएका छन् ।

हाल यस सबस्टेसनमा माथिल्लो तामाकोसीको ४५६ मेगावाट, खिम्ती–१ को ६० मेगावाट, लिखु–४ को ५२.४ मेगावाट र लिखु ‘ए’ बाट उत्पादित २४.२ मेगावाट विद्युत जोडिएको छ । उक्त सवस्टेसनमा १०० केभी क्षमताको चार वटा पावर ट्रान्सफर्मर जडान गरिएको छ । जडान गरिएका ट्रान्सर्फरमध्ये तीन वटा नियमित सञ्चालनमा ल्यााइने र एउटा जगेडामा राखिनेछ । यो सब स्टेशन नेपालको ढल्केबरपछिको सबैभन्दा ठूलो सबस्टेसन हो । 

न्यू–खिम्ती सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनमार्फत एक सय मेगावाट काठमाडौं र बाँकी २२० केभी प्रसारण लाइन मार्फत ढल्केबर सबस्टेसनबाट तराईका जिल्लामा प्रसारण हुन्छ । वर्षातमा बढी भएको बिजुली पनि यही प्रसारण लाइनमार्फत भारतमा बिक्री भएको थियो । 

अनेकौं कठिनाइ बेहोर्दै  माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएको र यसबाट  जलविद्युत र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धी प्राप्त भएको नेपाल विद्युत  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार यस आयोजनाको सफलताबाट भविष्यमा यस्तै ठूला आयोजनाहरू स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्ने सकिने अनुभव, आँट, र दक्षता प्राप्त भएको छ । 

दैनिक पिकिङ प्रकारको माथिल्लो तामाकोसीले सुक्खा मौसममा पनि दैनिक कम्तीमा ४ घण्टासम्म पूर्ण क्षमतामा अर्थात् ४५६ मेगावाट विद्युत उत्पादन गरी नेपालको राष्ट्रिय विद्युत प्रसारण प्रणालीलाई ठुलो मद्दत पुर्याइरहको छ । 

वार्षिक २ अर्ब २८ करोड युनिट  विद्युत उत्पादन हुने आयोजनाले दोश्रो चरणमा २० मेगावाटको  रोल्वालिङ खोला निर्माण गर्दै छ । रोल्वालिङ खोलालाई माथिल्लो तामाकोसीमा मिसाएर सुख्खायाममा करिब २२ करोड युनिट र २० मेगावाटको आयोजनाबाट थप १० करोड गरी जम्मा ३२ करोड युनिट विद्युत ऊर्जा थप हुनेछ । 

उपभोक्तालाई सस्तो बिजुली उपलब्ध गर्ने उद्देश्यसहित निर्माण भएको माथिल्लो तामाकोसीको प्रति युनिट औसत ४.०६ रुपैयाँ विद्युत खरीद बिक्री दर रहेको छ । यसबाट  आम उपभोक्ताले सस्तो दरको बिजुली पाउने प्रत्याभूति हुनुको साथै प्राधिकरणको वित्तीय अवस्थामा समेत उल्लेख्य सुधारको अपेक्षा गरिएको छ । 

माथिल्लो तामाकोसीको सञ्चालनपछि हाल बिहान र साँझको पिक आवरको समयमा भारतबाट आयात गरिने विद्युतको परिमाणमा करिब आधाभन्दा बढी घटेको घिसिङले बताए । उनले भने ‘पिक आवरको समयमा भारतबाट आयात गरिने विद्युतको खरिद दर यस हिउँदमा नेपाली रूपैंया ३२ प्रति युनिटसम्म पुगेको अवस्थामा  तामाकोशीको विद्युत खरिद दर यो वर्ष अधिकतम नेपाली रूपैयाँ ६.९६ मात्र रहेकोले देशको ठूलो धनराशी विदेश जानबाट रोकिएको छ ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit