विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा १ सय ३४ जनाको लागि रोजगारीको अवसर खुलेको छ । आयोजनाको ठेकदार चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनले अस्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले आयोजना प्रमुख, सिभिल, इलेक्ट्रिकल तथा मेकानिकल इन्जिनियर, सुपरभाइजर, फोरमेन र उपकरण जडान गर्ने प्राविधिकको रिक्त पदपूर्ति गर्नका लागि आवेदन माग  गरेकाे सूचनामा जनाएको छ ।

१ जना आयोजना प्रमुख, २५ जना ( सिभिल, इलेक्ट्रिकल र मेकानिकल) इन्जिनियर, ३ जना प्रशासन अधिकृतकाे पदपूर्ति गरिने कम्पनीले जनाएकाे छ ।१५ जना सुपरभाइजर, ८० जना उपकरण जडानका लागि प्राविधिक र १० जना फोरमेनको पनि रिक्त पदपूर्ति गरिने भएकाे छ ।

याेग्य इच्छुकले आगामी शुक्रबार (चैत १३ गते) सम्म आवेदन दिइसक्नुपर्नेछ । आवेदकले पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताको प्रतिलिपि प्रमाणपत्र, कार्यानुभवको प्रतिलिपि प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रसहित आवेदन बुझाउनुपर्नेछ । आवेदन दिनेमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यानुभव भएकाहरुले रोजगारीको अवसर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit