विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालकै सस्तो र नमुना जलविद्युत आयोजनाका रूपमा चर्चा कमाएको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मै अल्झिएको छ । निकै चर्चा पाएको आयोजना भए पनि अध्ययनमै सीमित भएको हो ।

आयोजनाको निर्माणको चर्चा वि स २०६१ देखि भए पनि बल्ल आएर डिपिआर थालिएको थियो । डिपिआर बनाउने विदेशी कम्पनीले काम नगरेपछि अहिले ठेक्का सम्झौता तोडिँदा आयोजना निर्माणमा थप अन्योल भएको हो ।

सम्भाव्यता अध्ययन सम्पन्नपश्चात डिपिआरको काममा उत्तरगंगा पावर कम्पनीले इरानी कन्सल्टेन्सी शहीद, बहीद डास्ग्रेडी तेहरानलाई सम्झौता गरेर पनि उक्त कम्पनी फिल्ड नआएका कारण ठेक्का सम्झौता तोडिएको आयोजना प्रमुख अम्बिकेश झाले बताए ।

‘गत असोजदेखि डिपिआरको काम थालेको कन्सल्टेन्सीले स्थलगतरुपमा काम खटिन रुस र युक्रेन युद्धका कारण असमर्थ जनाएकाले ठेक्का सम्झौता तोडिएको हो, अब नयाँ ठेक्का लगाउने विषयमा ऊर्जा मन्त्रालयसँग छलफल भइरहेको छ’ उनले भने, ‘आयोजना निकै ठूलो र नमुना भएका कारण निर्माणमा ढिलाइ भए पनि उत्तरगंगा जस्तो आयोजना निर्माण नगरेर सरकारलाई सुखै छैन, हाम्रो जस्तो देशमा यस्ता बहुआयामिक आयोजना कम मात्रै छन्, ढिलो होला तर आवश्यक आयोजना बन्नेछ ।’ 

आयोजनाको वातावराणीय प्रभाव मूल्यांकनसमेत एक वर्षदेखि वन मन्त्रालयमा थन्किएको छ भने डिपिआरका लागि सम्झौता गरेको विदेशी कम्पनीले काम नगर्दा ठेक्का सम्झौता रद्द गरिएको झाले जानकारी दिए ।

‘डिपिआरका लागि परामर्शदाता छनोट गरेर काममा खटाएका थियौँ, रुस र युक्रेनको युद्धका कारण विदेशी कम्पनी आएन, एक वर्षदेखि काम नभएपछि ठेक्का रद्द गरेका हाैं’, झाले भने, ‘अब नयाँ परामर्शदाताका लागि ठेक्का खुलाउने विषयमा निर्णय हुन बाँकी छ, नेपालकै नयाँ र नमुना आयोजनामा ढिलाइ भएको स्वीकार गर्छु, राजनीतिकरुपमा यो आयोजना सफल पार्न दबाब हुनुपर्दछ ।’ ढोरपाटन उपत्यकामा जम्मा गरेको पानी निसीखोलामा खसाल्ने या रुकुमपश्चिममा खसाल्ने राजनीतिक विवादका कारण आयोजना अध्ययनमै सीमित भइरहेको छ । तर आयोजनाका प्राविधिकले निसीखोलामै पानी खसाल्दा मात्रै आयोजना सम्पन्न हुने बताउँदै आएका छन । झाका अनुसार आयोजनाले उत्तरगंगा पावर कम्पनीमार्फत निरन्तररुपमा आयोजनाको काम गरिरहेको र ठूलो आयोजना भएकाले समय बढी खर्च भइरहेको बताए । आयोजना निर्माणमा भएको ढिलाइ नभएर निरन्तररुपमा आयोजनाको प्रक्रियागत काम भने भइरहेको छ ।

बागलुङको ढोरपाटनबाट बग्ने उत्तरगंगा नदी उपत्यकामा बाँध बाँधेर हिउँद बर्खामा समान विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । हिउँद र बर्खामासमेत आठ सय २८ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने प्रारम्भिक सर्वेक्षण रिपोर्टले बताएको छ । बागलुङमा बगिरहेको उत्तरगंगा नदी रुकुमको सानीभेरीमा मिसिँदै आएको छ । तर विद्युत् उत्पादन गर्न उक्त नदीको पानीलाई निसीखोलामा झार्ने आयोजनाको लक्ष्य रहेको छ ।

आयोजनाको पानी रुकम र बागलुङको निसीखोला कता खसाल्ने भन्नेमा नेताको द्विविधाका कारण आयोजनाले गति नलिएको स्थानीय रामबहादुर घर्तीमगरको भनाइ छ । नेपालकै महत्वपूर्ण आयोजनाका रुपमा सरकारले लिँदै आएको उत्तरगंगाप्रति जनताको धारणा दुईथरी रहेको छ । बाँध बन्दा ढोरपाटन उपत्यका पुरिने भन्दै आयोजना बनाउन समस्या हुने केही स्थानीयको भनाइ छ भने केहीले हाम्रो व्यवस्थापन भएमा आयोजनाले यहाँको आर्थिक विकासमा सहयोग पुर्याउने भन्दै सकारात्मक धारणा राख्दै आएको घर्तीमगरको भनाइ छ ।

२०६१ सालदेखि आयोजनाको प्रारम्भिक सर्वेक्षण सुरु गरे पनि वातावरणीय प्रभाव मूल्यांकनको काम भने तीन वर्षअघि मात्रै सम्पन्न भएको थियो । ढोरपाटनको उत्तरगंगा नदीमा २०० मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई ढोरपाटनको नदीदेखि सुरुङ हुँदै १६३४ मिटर तल खसालेर निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit