विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २८, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

दोलखा । अविरल वर्षापछि गएराति आएको बाढीपहिरोले गौरीशङ्कर गाउँपालिका–९ मूलखर्कमा अवस्थित १० मेगावाटको सिप्रिङ खोला जलविद्युत् केन्द्रको बाँध संरचनामा क्षति पुर्‍याएको छ । राति ११ र १२ बजेतिर ठूलो पहिरो आउँदा ठूलो क्षति पुगेको हो ।

मध्यरातमा पहिरो आएपछि बाँध क्षेत्रमा रहेका ४ कर्मचारी नजिकैको ओडारमा आश्रय लिएर ज्यान जोगाएको केन्द्रका कर्मचारी यादव आचार्यले जानकारी दिए । उनका अनुसार पहिरोले आयोजनाको बाँध, बालुवा थिग्राउने पोखरी र आवासगृह पुरिएका छन् ।

उद्धारका लागि जगतबाट बिहानै सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएका छन् । सडकको पहुँचको अभावका कारण उक्त स्थानमा पैदलै जानुपर्ने बाध्यता छ ।

बाँध क्षेत्रका धेरैजसो संरचनामा क्षति पुगेपछि केन्द्रको विद्युत् उत्पादन ठप्प भएको छ । सिनर्जी पावर लिमिटेडले प्रवर्द्धन गरेको उक्त विद्युत् केन्द्रले १२ वर्षदेखि विद्युत् उत्पादन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३