विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । दोलखाको उत्तरी क्षेत्रको कायापलट गर्ने काम जलविद्युत् आयोजनाहरूले नै गरेका हुन् । दोलखादेखि सिंगटीसम्मको सडक स्तरोन्नती र सिंगटीदेखि लामाबगरसम्मको सडक निर्माणको सम्पूर्ण काम माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले गरेको हो ।
लामाबगरभन्दा माथिल्लो क्षेत्रमा पनि जलविद्युत् आयोजनाहरूले नै धमाधम सडक निर्माण गरिरहेका छन् । लामाबगरदेखि थाम्चेम्बुसम्म २० किलोमिटर सडक नासा हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ । यो खण्डमा कठिन भीर र सुरुङमार्ग पनि पर्छन् ।

११ सय मिटरको सुरुङमार्ग (सरकारले नै अध्ययन गरेर छाडेको) सहित ५ किलोमिटर खराने खोलासम्म गाडीमा जान सकिन्छ । त्यसभन्दा माथि अर्को कठिन भीर हुरहुरेमा निर्माणको काम हुँदै छ । तर फलाक नाका जान खराने खोलाबाट केही पर गएपछि जुम खोलाको किनारै किनार जान सकिन्छ ।

रोङसिया पुगेर फर्केका वडा अध्यक्ष मेम्बा तमाङका अनुसार खराने खोला नजिकको झोलुङ्गे पुलबाट जुम खोला किनारै किनार जाँदा पैदल २ घण्टामा नेपाल चीन सिमाना ६१ नं. पिलर पुगिन्छ । त्यहासम्म चिनियाँ पक्षले सडक ट्रयाक खोलिसकेको छ । तर २ वर्षअघि आएको बाढीले क्षति पुयाएपछि मर्मत भएको छैन । खोला तर्न चिनियाँ पक्षले अहिले झोलुङ्गे पुल हालेको छ । त्यहाँबाट थप आधा घण्टा हिडेपछि तिब्बतको पक्की सडक भेटिन्छ ।

खराने खोलादेखि ६१ नं. पिलरसम्म ५ किलोमिटर सडक नेपाली भूभागमा चिनियाँ पक्षले निर्माण गरेको सडक सञ्जालमा जोडिन्छ । जुम खोलामा सानिमा ग्रूपले ५६ मेगावाटको जलविद्युत् आयोजना बनाउन लागेकाले उसको हेडवक्र्ससम्म ३ किलोमिटर सडक यो वर्षात् सकिएपछि निर्माण सुरु हुन्छ । सानिमा जुम खोला हाइड्रोपावर कम्पनीको महाप्रबन्धक सकुन्द ओझाले भने, ‘हाम्रो आयोजनाको अहिले ठेक्का सम्झौता भएर विस्तृत सर्भे भइरहेको छ, वर्षात् सकिएसँगै सिभिल संरचनाको कामसँगै सडकको काम पनि सुरु हुन्छ ।’

सानिमाको हेडवर्क्स भन्दा माथि २ किलोमिटर मात्रै सडक निर्माण गरेर व्यापार गर्न सहज हुने वडा अध्यक्ष तमाङले बताए । तर तल्लो क्षेत्रमा कठिन भीर भए तापनि जुम खोलामा बन्ने हाइड्रोपावरको जलाशयभन्दामाथि केही सजिलो भूगोल भएको उनले बताए ।लप्चीतिरको गाउँ पुग्न पनि थाम्चेम्बुबाट १० किलोमिटर थप सडक निर्माण गर्दा गाउँ नजिक पुग्छ । तर लप्ची परम्परागत रपमै ध्यान स्थल भएकाले यसलाई सुरक्षित राख्नुपर्ने आवाज पनि उठ्दै आएको छ ।

नेपाल, भारत र चीन त्रिदेशीय नाकाको रूपमा पनि उत्तर दक्षिण सबैभन्दा छोटो अर्थात् महोत्तरीको भिट्टामोडदेखि लामाबगरसम्म २६२ किमी सडकमा यातायात सञ्चालन भइरहेको छ । यो सडक अहिले तामाकोसीबाट चरिकोट हुँदै सिंगटी पुग्दासम्मको हो । तर तामाकोसी किनारै किनार सिंगटी जोड्ने अर्को करिडोर सडक पनि खुल्दै छ । त्यो खुल्दा अर्को २५ किलोमिटर सडक छोटिन्छ । सिंगटी बजारसम्म कालोपत्रे छ । सिंगटीदेखि लामाबगरसम्म २८ किलोमिटर ग्राभेल सडक छ ।

लामाबगर नाका हुँदै चीन जोड्ने अन्य सडकभन्दा छोटो र वर्षामा पहिरोको जोखिम पनि कम भएको  सुरक्षित सडकको पमा यसलाई व्यापारिक नाका हुने विगू गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले बताए । २०२२ सालमा तातोपानीबाट सडकमार्ग खुल्नुअघि काठमाडौँको तिब्बतसँगको परम्परागत व्यापारिक नाका लामाबगर नै हो । उही बेला स्थापना गरेको भन्सार कार्यालय अहिले पनि छ । सीमा प्रशासन कार्यालय, सशस्त्र प्रहरीको सीमा सुरक्षा बल, सीमा प्रहरी चौकी लामाबगरमा छ ।

लामो समयको पहलपछि चीन सरकारले तिब्बतसँग जोडिएको १४ वटा नाका खुल्दा दोलखाका लामाबगरबाट जाने फलाक र लप्ची दुवै नाका खुलेका हुन् । नाका खुले पनि व्यापारिक कारोबारका लागि भने सडक तिब्बत सिमानासम्म जोड्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३