images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युत् र सौर्य विद्युत आयोजनामा लगानी गर्दै आएको गोल्यान समूहको लगानीमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा निर्माण हुने ४६ मेगावाटको माथिल्लो बलेफी जलविद्युत् आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत प्राधिकरण र प्रवर्द्धक अप्पर बलेफी हाइड्रो पावर कम्पनीबीच विद्युत् खरिद बिक्री गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

पिपिएमा प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ तथा कम्पनीको तर्फबाट अध्यक्ष उमेश कसजुले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा गोल्यान समूहको ऊर्जा डिभिजनका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याल तथा प्रमुख वित्तीय अधिकृत सन्जय शाहको पनि उपस्थिती थियो ।

सम्झौता अनुसार प्राधिकरणले आयोजनाबाट उत्पादन भएको बिजुली बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँमा खरिद गर्नेछ ।

आयोजनाले उत्पादन गर्ने विद्युत् विद्युतगृहदेखि १० किलोमिटरमा दुरीमा बन्ने पाङटाङ सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक पर्ने १० किलोमिटर १३२ केभी प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गर्नेछ ।

गोल्यान समूहको सन् २०३० सम्ममा ९०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा योगदान गर्ने लक्ष्य छ । यो ग्रुपको लगानीमा निर्माण सम्पन्न भएको ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ ले नियमित विद्युत् उत्पादन गरिहेको छ । साथै, अन्य आयोजनाको पनि निर्माण प्रक्रिया अघि बढाएको छ ।

ग्रुपले जलविद्युत् सँगै सौर्य आयोजनामा पनि लगानी गरेको छ । ग्रुपको लगानी निर्माण सम्पन्न भएको १० मेगावाटको सौर्य आयोजनाको विद्युत् प्रणालीमा जाडिसकेको छ । थप १० मेगावाट विद्युत् जोडिने तयारीमा छ भने बाँकी ४० मेगावाटका आयोजनाको काम अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit