विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

एजेन्सी । भारत सरकारले आफ्नो आगामी स्वतन्त्रता दिवसका अवसरमा पहिलो हाइड्राेजनबाट चल्ने रेल सञ्चालनमा ल्याउने भएकाे छ ।

भारतका संघीय मन्त्री आश्विनी वैष्णवका अनुसार उक्त रेल भारतभित्रै डिजाइन र निर्माण गरिएको हो । उनले भारतको पहिलो हाइड्राेजनबाट चल्ने रेल सन् २०२३ को अगष्ट १५ बाट सञ्चालनमा ल्याइने पनि बताएका छन् ।

जर्मनीले गत महिनाबाट विश्वकै पहिलो हाइड्राेजन–पावर रेल सेवा ल्याएको छ । हाइड्राेजन ग्यासबाट चल्ने यस प्रकारको सवारी साधन वातावरणीय हिसाबले उपयुक्त मानिएको छ ।

भारतीय अधिकारीका अनुसार भारतमा सञ्चालनमा ल्याउन लागिएको हाइड्राेजन–पावर रेल चेन्नइ स्थित इन्टेग्रल कोच फ्याक्ट्री (आइसीएफ) मा तयार पारिएको हो । उक्त रेल संसारकै उत्कृष्ट पाँच मध्येको एक रहेको दावी भारतीय अधिकारीको रहेको छ ।

यस रेलको गति १८० किलाेमिटर प्रतिघण्टा रहने जनाइएको छ, अन्य रेलहरूको तुलनामा हाइड्राेजन–पावर रेल विभिन्न कुराहरूले उत्कृष्ट हुने पनि जनाइएको छ । मन्त्री वैष्णवका अनुसार उक्त रेलमा अधिक गतिका बावजुद यात्रुहरूले कुनै पनि प्रकारको झट्का महसुस गर्नुपर्ने छैन । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit