images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङ जिल्लाको भुलभुलेमा प्रस्तावित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत् आयोजनामा खटाउन ४ प्राविधिक माग गरेको छ । सिनो हाइड्रो–सगरमाथा पावर कम्पनी प्रालिले निर्माण गरिरहेको उक्त आयोजनामा खटाउन प्राविधिक माग गरेको हो ।

दक्ष तथा प्राविधिक कामदारको आवश्यक परेको हुँदा कर्मचारीको माग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १ जना मर्मत विभागको लागि, २ जना अपरेटर र १ जना प्रमुख सेफ्टी अफिसरको माग गरिएकाे हो । 

मर्मत विभागको लागि इन्जिनियरिङ विषयमा डिप्लोमा गरी सम्बन्धित काममा कम्तीमा पनि ४ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ । यस्तै, अपरेटरका लागि इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा डिप्लोमा गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जानकारी दिएको छ ।

यसैगरी, चिफ सेफ्टी अफिसरका लागि एमबिए गरी सम्बन्धित क्षेत्रमा करिब ५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको ७ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ । आवेदन दिदाँ बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit