विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
“स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” विषयक राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस २०८२ को अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले माघ १३ गते “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” विषयक राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ । एइपिसीले आज (माघ १२ गते) ताहाचलस्थित आफ्नै कार्यालयमा पत्रकारसँग सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

कार्यक्रममा एइपिसीका कार्यकारी निर्देशक नवराज ढकालले यस वर्षको सम्मेलनले ‘स्वच्छ ऊर्जा र न्यून कार्बनीकरण’को व्यवहारिक पक्षमा जोड दिँदै बहसलाई कार्यान्वयनमा रूपान्तरण गर्ने उद्देश्य लिएको बताए । ‘गत वर्ष आयोजित “उत्थानशील एवम् न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरण” सम्बन्धी सम्मेलनको निरन्तरताका रूपमा यो सम्मेलन आयोजना हुँदैछ ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री अनिलकुमार सिन्हाले उद्घाटन गर्ने एक दिवसीय सम्मेलनमा ‘स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास’ सम्बन्धी प्रस्तुतिकरण, दिगो ऊर्जा च्यालेञ्ज फण्डका उपलब्धि समेटिएको पुस्तक विमोचन, केन्द्रका कार्यकारी निर्देशकको प्रस्तुति र सरकार, विकास साझेदार र निजी क्षेत्रको महत्त्वपूर्ण उपस्थिति रहने छ ।

सम्मेलनको दोस्रो चरणमा स्वच्छ ऊर्जा तथा कार्बन बजारमार्फत न्यून कार्बनीकरण, ऊर्जा दक्षतामार्फत न्यून कार्बनीकरण तथा स्वच्छ ऊर्जा र विद्युतीय सवारी (इ–मोबिलिटी) मा लगानी सम्बन्धी तीन वटा प्राविधिक सत्र सञ्चालन गरिने केन्द्रले जनाएको छ । सम्मेलनमा संघ, प्रदेश तथा स्थानीय सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था, विकास साझेदार, लगानीकर्ता, निजी क्षेत्र, अनुसन्धान तथा प्राज्ञिक संस्था, सञ्चार जगत, नागरिक समाज र ऊर्जा क्षेत्रका विज्ञहरूको समेत सहभागिता रहने छ ।

कार्यक्रममा निर्देशक डा. मुकेश घिमिरेले ऊर्जा क्षेत्रमा न्यून कार्बनीकरणको अवस्था र त्यसमा एइपिसीको भूमिकाबारे प्रस्तुति गरेका थिए । उनले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा ऊर्जा क्षेत्रको हिस्सा करिब ७६ प्रतिशत रहेको उल्लेख गर्दै तापमान वृद्धिलाई १.५ देखि २ डिग्री सेल्सियसको सीमाभित्र राख्न ऊर्जा क्षेत्रमा उत्सर्जन न्यूनीकरणका उपायलाई थप प्रभावकारी बनाउनु अपरिहार्य रहेको बताए ।

केन्द्रका अनुसार स्थापनाकालदेखि आर्थिक वर्ष (आव) २०८२÷८३ को पुससम्म देशभर ४० हजार ७१७ किलोवाटका लघु तथा साना जलविद्युत् आयोजना, ११ हजार १०४ वटा सुधारिएको पानीघट्ट, १० लाख ७८९ वटा घरेलु सौर्य विद्युत प्रणाली, ४ हजार ५४० वटा संस्थागत सौर्य विद्युत प्रणाली, ३ हजार ५९३ किलोवाटका सौर्य मिनिग्रीड तथा सौर्य–वायु मिनिग्रीड, ३६ हजार ४२९ किलोवाट पिक सौर्य रुफटप, २ हजार ४६४ वटा सौर्य ड्रायर तथा कुकर, ४ हजार ४५२ वटा सौर्य खानेपानी तथा सिँचाइ पम्प जडान भएका छन् ।

यसैगरी, १ लाख ५६ हजार ५३१ वटा फलामे सुधारिएको चुलो, १४ लाख २३ हजार २४२ वटा सुधारिएको माटोको चुलो, ४ लाख ५६ हजार ७६६ वटा घरायसी बायोग्यास, ३७८ वटा संस्थागत, शहरी तथा व्यावसायिक बायोग्यास, ३३ वटा संस्थागत ग्यासिफायर, १ लाख ४६ हजार ५९८ वटा विद्युतीय चुलो, १ हजार ७६६ वटा ऊर्जाको उत्पादनमूलक परिप्रयोग, ३ हजार ३०९ वटा सौर्य सडक बत्ती तथा ४ हजार ८६५ वटा मठ, मन्दिर र होमस्टेमा सौर्य ऊर्जा प्रणाली जडान सम्पन्न भएको पनि एइपिसीले जानकारी दिएको छ ।

उल्लिखित कार्यक्रममार्फत हालसम्म करिब ३७ लाख घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पुगेको छ । कुल विद्युत् पहुँचमा नवीकरणीय ऊर्जा प्रविधिको योगदान करिब ६ प्रतिशत रहेको केन्द्रको तथ्याङ्क छ । नवीकरणीय ऊर्जा क्षेत्रमा ५०० भन्दा बढी कम्पनी क्रियाशील छन् र यस क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको जनाइएको छ ।

केन्द्रले सन् २००५ देखि नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन व्यापारसम्बन्धी कार्य सुरु गरेको र स्वच्छ विकास संयन्त्रअन्तर्गत आठ वटा आयोजनामार्फत हालसम्म ६६ लाख ८० हजार मेट्रिक टन प्रमाणित कार्बन उत्सर्जन न्यूनीकरण उत्पादन गरी कार्बन व्यापारबाट करिब ३ करोड ६० लाख ११ हजार अमेरिकी डलर आम्दानी भएको जानकारी दिएको छ । यी कार्बन परियोजनाबाट भविष्यमा थप आम्दानी सुनिश्चित हुने विश्वास छ ।

केन्द्रले स्वच्छ ऊर्जा, ऊर्जा दक्षता र न्यून कार्बनीकरणका उपलब्धिलाई संस्थागत गर्न सरकारले अघि बढाएको “नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” आगामी निर्वाचित संसदबाट ऐनका रूपमा अघि बढाइने प्रतिबद्धता पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३