विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले अहिले (२०७९ असार १५ गते) सम्म कुल ८ हजार मेगावाट बढी क्षमताका आयोजनाकाे नाममा  विद्युत उत्पादन अनुमतिपत्र जारी गरेको छ । सरकारी तथा निजी क्षेत्रले नेपालको विभिन्न ठाउँमा पहिचान गरीअध्ययन पूरा भएका उक्त क्षमताका आयोजनाकाे नाममा निर्माण अनुमतिपत्र जारी गरिएकाे हाे । 

विभागका अनुसार  ८ हजार ७५ मेगावाटका आयोजनाकाे नाममा अनुमति जारी गरिएकाे छ । प्रदेश नम्बर १ को २४८२ मेगावाटकाआयोजना,  बागमती प्रदेशको २१५६ मेगावाटका आयोजना, गण्डकी प्रदेशको २२४३ मेगावाटका आयोजना, लुम्बिनी प्रदेशको ६४ मेगावाटका आयोजना, कर्णाली प्रदेशको ९०६ मेगावाटका आयोजना र सुदुरपश्चिम प्रदेशको २२४ मेगावाटका आयोजनाले उत्पादन अनुमति पाएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

उत्पादन अनुमति पाएका आयोजनामध्ये ५०० मेगावाट भन्दा माथिको ९०० मेगावाटका अरुण–३ आयोजना छ । याे आयोजना निर्माणाधीन छ ।  १०० मेगावाट क्षमतादेखि ५०० मेगावाट क्षमतासम्मका २९४८ मेगावाटका आयोजनाले पनि उत्पादन अनुमति पाएका छन् ।

यस्तै, २५ मेगावाट क्षमतादेखि १०० मेगावाटसम्मको २९०० मेगावाटका आयोजना, ५ मेगावाट क्षमतादेखि २५ मेगावाटसम्मको ११८० मेगावाटका आयोजना र ५ मेगावाट भन्दा कम क्षमताको १४७ मेगावाटका आयोजनाले उत्पादन अनुमति पाएको विभागले जनाएको छ । 

अनुमति पाएका आयोजनामध्ये ३३०० मेगावाटका आयोजना मात्र निर्माणाधीन अवस्थामा रहेकाे नेपाल विद्युत प्राधिकरणले जनाएकाे छ । बाँकी निर्माणमा जाने तयारीमा वा वित्तिय व्यवस्थापन र विद्युत खरिद सम्झौता (पिपिए) का लागि पालाे कुरेर बसेका आयोजना छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit