विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गर्नेमा गण्डकी प्रदेश सबैभन्दा अगाडि देखिएको छ । जलविद्युत उत्पादन जडित क्षमता १३ सय ८६ मेगावाट हुँदा यो प्रदेशले साना ठूला जलविद्युत आयोजनाबाट अन्य ६ प्रदेशको भन्दा बढी विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको हो ।

अर्थमन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सवेक्षण अनुसार यो प्रदेशले ५ सय २७ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ । सर्वेक्षण रिर्पोटअनुसार यो उत्पादन २०७७ फागुनसम्मको हो ।

२०७७ असारसम्मको उत्पादन ५ सय ११ मेगावाट रहेकोमा यो प्रदेशले ८ महिनामा १६ मेगावाट विद्युत प्रणालीमा थपेको छ । गण्डकीपछि बढी विद्युत उत्पादन गर्नेमा बागमती प्रदेश छ ।

यो प्रदेशले चालू आर्थिक वर्षको फागुनसम्ममा ४ सय ७२ मेगावाट विद्युत उत्पादन गरी प्रणालीमा जोडेको छ । गत असारसम्म ४ सय ५६ मेगावाट विद्युत उत्पादन गरेको यो प्रदेशले फागुनसम्ममा थप १६ मेगावाट उत्पादन बढाएको सर्वेक्षण रिर्पोटमा जनाइएको छ ।

तेस्रो नम्बरमा प्रदेश–१ रहेको छ । यो प्रदेशमा निर्माण भएका २ सय ८० मेगावाटका जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । गत असारसम्म २ सय ७७ मेगावाट उत्पादन गरेको प्रदेशले ८ महिनामा ३ मेगावाट उत्पादन बढाएको छ ।

प्रदेश–१ पछि क्रमशः सूदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश–२ र कर्णाली प्रदेश छन् । सूदुरपश्चिमा ३० मेगावाटको चमेलियासहित ५२ मेगावाटका जलविद्युत आयोजना निर्माण पूरा भई सञ्चालनमा छन् ।

लुम्बिनी प्रदेशले ३० मेगावाट तथा प्रदेश–२ ले १३ मेगावाट विद्युत उत्पादन गर्दा कर्णाली प्रदेशले  सबैभन्दा कम ११ मेगावाट विद्युत उत्पादन गरेको छ । कर्णाली र सूदुरपश्चिम प्रदेशले भने पछिल्लो १ वर्षमा उत्पादन बढाएका छैनन् । यी प्रदेशमा धेरै जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र जारी भए पनि उत्पादन भने न्युन छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit