विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं- देशका १ करोड ८८ लाख जनताले खाना पकाउन परम्परागत दाउराको प्रयोग गर्दै आएका छन् । दुर्गम ग्रामीण जनताको भान्छामा वन जंगलको दाउरा र गाईभैंसीको गोबरबाट बनेकाे गुईंठाकाे  प्रयाेग हुने गरेकाे हाे ।

विद्युतीकरण भएका ग्रामीण घरमा पनि खाना पकाउन दाउरा तथा गुईंठाको उपयोग भइरहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नारायण अधिकारीले बताए । उनका अनुसार अहिले साढे ६२ प्रतिशत घरधुरी अझै परम्परागत ऊर्जाको स्रोतमा निर्भर छन् ।

दाउरा र गुईंठालाई वायोग्यास, एपी ग्यास, विद्युतीय चुलोले प्रतिस्थापन गर्ने गरीका विविध कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । केन्द्रले तराईका भान्छालाई गुईंठामुक्त बनाउन वायोग्यास तथा सुधारिएको चुलो प्रवद्र्धन गर्न बहुवर्षिय कार्यक्रम चालू वर्षबाट सञ्चालन गर्न लागिएको अधिकारीले बताए ।

वायोग्यास, सुधारिएको चुलो, विद्युतीय चुलो र एलपी ग्यासको उपयोगमा वृद्धि गरी अहिलेको परम्परागत ऊर्जा खपतको अनुपातलाई सन् २०३० सम्ममा ३० प्रतिशतमा झार्ने लक्ष्य छ । दाउरा तथा गुईंठा प्रतिस्थापन गर्न अहिलेको ग्यास खपत परिमाणलाई साढे २२ प्रतिशतबाट बढाएर ३९ प्रतिशत पुर्याउने सरकारको योजना छ ।

यस्तै, अहिले ८७.५५ प्रतिशत रहेको विद्युतको पहुँचलाई ९९ प्रतिशत र वार्षिक ऊर्जा खपतलाई २ सय ४५ किलोवाट घन्टाबाट बढाएर १ हजार ५ सय किलोवाट घन्टा पुर्याउने लक्ष्य छ । आन्तरिक विद्युत उत्पादन परिमाण बढ्दै गएकाले विद्युतीय उपकरणको प्रयोग बढाउन प्राधिकरणले उपभोक्तामा अनुरोध गर्न थालेको छ ।

सबै नेपालीमा आधुनिक ऊर्जाको पहुँच पुर्याउन अहिलेको विद्युत उत्पादनको क्षमतालाई बढाएर १५ हजार मेगावाट पुर्याउने पनि सरकारको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit