विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अध्ययनअनुसार देशभर ११ लाख वटा बायोग्यास प्लान्ट निर्माणको सम्भावना देखिएको छ । हिमाल, पहाड तथा तराईमा उक्त परिमाणका घरायसी आयोजना निर्माण सम्भव देखिएको हो ।

केन्द्रका अनुसार अहिलेसम्म ४ लाख २४ हजार आयोजना निर्माण भइसकेका छन् । निर्माणको अनुपातका आधारमा वार्षिक ३० हजार यस्ता प्लान्ट निर्माण हुने गरेको केन्द्रका वरिष्ठ अधिकृत तथा बायोग्यास विस्तार आयोजना प्रमुख मुकेश घिमिरेले बताए ।

‘अहिलेसम्म निर्माण भएका आयोजनाबाट करिब १५ लाख जनसंख्यामा सेवा पुगेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘बायोग्यास विकास गरी स्वच्छ वातावरणमा योगदान पुर्याएबापत करिब १२ लाख अमेरिकी डलरबराबरको आम्दानी समेत भएको छ ।’ घरायसी बायोग्यासले आयातित एलपी ग्यास पनि विस्थापित गर्दै गएको उनले बताए ।

घरायसीसँगै केन्द्रले व्यावसायिक र नगरपालिकाको फोहोरबाट ठूला बायोग्यास विकास गर्ने कार्यक्रम पनि प्रवद्र्धन गर्दै आएको छ । ‘स्केलिङ अफ रिन्यूएबल इनर्जी प्रोग्राम (एसआरइपी)’ नाममा प्रवर्द्धन भइरहेको कार्यक्रमअनुसार अहिले देशका विभिन्न ठाउँमा व्यावसायिक प्लान्ट निर्माणका योजना अगाडि बढेका छन् । साथै, फोहोर व्यवस्थापन र सहर सुन्दर हुने हुँदा यस अभियानमा नगरपालिकाहरू पनि अग्रसर भएर लागेको घिमिरेले बताए ।

साढे १२ घनमिटरसम्म फोहोर प्रशोधन गर्न सक्नेलाई ठूला आयोजना मानिएको छ । अहिलेसम्म एसआरइपीको सहयोग तथा समन्वयमा १ सय ६८ वटा ठूला आयोजना निर्माण भइसकेका छन् । यसबाट साढे २ लाख एलपी ग्यास विस्थापित गर्न सकिएको घिमिरेले जानकारी दिए ।

अहिले काठमाडौंमा एउटा एलपी ग्यासको मूल्य १३७५ रुपैयाँ पर्छ । यसको आधारमा साढे दुई लाख सिलिण्डर एलपी ग्यास विस्थापित हुँदा राज्यको करिब ३४ करोड ३७ लाख ५० हजार रुपैयाँबचत भएको देखिन्छ । ढुवानी खर्च अनुसार तराई तथा पहाडमा ग्यासको मूल्य फरक छ । यद्यपि, बायोग्यासबाट राज्यको ३४ करोड रुपैयाँ बचत भएको छ ।

यसैगरी, नवलपरासीको सुक्रौली, स्याङ्जाको खिलुङ कालीका र कास्कीको मजुवामा व्यावसायिक प्लान्ट निर्माण भएका छन् । ती क्षेत्रमा क्रमशः ५५ सय, ३५ सय १० र ४ हजार घनमिटरका आयोजना निर्माण भएका छन् । यसअघि मोरङको विराटनगरमा २ सय घनमिटर क्षमताको आयोजना निर्माण भएको थियो । जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

केन्द्रका अनुसार अहिलेसम्म ४ सय ९७ वटा सस्था तथा व्यक्तिले व्यावसायिक र ६६ वटा नगरपालिकाले ठूला आयोजना निर्माण गर्न आवेदन दिएका छन् । यस्तै ४५ वटा ठूला आयोजना निर्माणाधीन छन् ।

आयोजना निर्माण गर्न २०–२० प्रतिशत (४०) सरकार र विश्व बैंकले अनुदान दिने व्यवस्था छ । विश्व बैंकको सुरुमा ५ वर्षे कार्यक्रम (सन् २०१५ देखि २०१९) का लागि अनुदान दिने सहमति जनाएको थियो । लक्षित कार्यक्रम अधुरो रहेको र कार्यक्रम अवधि सकिएकाले केन्द्रसँगको सहकार्यमा सन् २०२१ सम्म समय थपिएको छ । कार्यक्रम अवधिभर बैंकले करिब ७९ लाख अमेरिकी डलर अनुदान दिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit