विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ चैत १, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
नेपाल वायुसेवा निगमको टिकट अब इ–सेवाबाट

नेपाल वायुसेवा निगमबाट यात्रा गर्न अब घरमै बसेर टिकट लिन सकिनेछ । निगम र इ–सेवाबीच सम्झौता भएकाले यस्तो सुविधा उपयोग गर्न सकिने भएको हो ।

दुवै पक्षबीच सोमबार अनलाइन टिकटिङका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र इ–सेवाका प्रमुख कार्यकारी अधिकृत रोशन लामिछाने हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै इ–सेवाबाट सोमबारदेखि नै निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्न सकिनेछ । यसअघि इ–सेवाबाट बुद्ध, श्री, यति, सिम्रिक र सौर्य एयरलाइन्सको टिकट खरिद गर्न सकिन्थ्यो ।

निगमले हालैमात्र २ सय ७४ सिटको वाइड बडी जहाज सञ्चालनमा ल्याएको छ । निगमको बजार विस्तारलाई अनलाइन टिकटिङले पनि सहयोग पुर्याउने विश्वास लिइएको छ । इ–सेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त देशकै पेमेन्ट गेटवे हो ।

उक्त सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवामा शुल्क भुक्तानी गर्न सकिन्छ । यसमा हाल ४६ वटा बैंक सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३