विद्युत अपडेट

  • प्राधिकरण : ८९५९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७५६३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२१०२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३६२९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२४८ मे.वा.
२०८३ साउन ११, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

डोल्पा । डोल्पामा पहिलो पटक ३३ केभीको प्रसारण लाइन पुगेको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ स्थित चौखा (कुदु) सबस्टेसनदेखि जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा रहेको सबस्टेसनसम्म ५१ किलोमिटर लामो उक्त प्रसारण लाइन सफलतापूर्वक चार्ज गरिएको हो ।

२०७९ मंसिर ८ गते खरिद सम्झाैता अनुसार उक्त प्रसारण लाइन आयोजना शक्ति इञ्जिनियरिङ प्रालिले निर्माण गरेको हो । करिब १२ करोड ७७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको आयोजनामा ९५५ वटा विद्युत् पोल जडान गरी दुर्गम तथा भौगोलिक रूपमा अत्यन्त कठिन क्षेत्र हुँदै प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइन भेरी नदीको दायाँ–बायाँ किनार, कालापत्थरलगायत जोखिमपूर्ण भूभाग हुँदै विस्तार गरिएको छ ।

यसअघि डोल्पामा ११ केभी लाइनमार्फत जाजरकोटको कुदु (उदु) सबस्टेसनबाट विद्युत् आपूर्ति हुँदै आएको थियो, जसका कारण भोल्टेज कम हुने, बारम्बार विद्युत् अवरुद्ध हुने तथा गुणस्तरीय सेवा दिन कठिनाइ हुने समस्या थियो । ३३ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि डोल्पामा स्थिर, भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति हुने अपेक्षा गरिएको छ । यद्यपि, प्रसारण लाइन चार्ज भइसके पनि डोल्पाको ३३ केभी सबस्टेसन भने अझै सञ्चालनमा आउन सकेको छैन । 

डोल्पा वितरण केन्द्रका प्रमुख श्रीजेशप्रसाद साहका अनुसार सबस्टेसन चार्ज गर्न ल्याइएका केही प्राविधिक सामग्री नमिलेपछि पुनः नेपालगञ्ज पठाउनुपरेको छ । अहिले आवश्यक सामग्री फर्किने क्रममा जाजरकोटमा कान्छी खोलामा आएको बाढीले ढुवानी प्रभावित भएको छ । सामग्री डोल्पा पुगेपछि उक्त सबस्टेसनसमेत चार्ज गरी विद्युत् वितरण सुरु गरिने उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतअन्तर्गत पर्ने उक्त ३३ केभी प्रसारण लाइनबाटै निर्माणाधीन जगदुल्ला जलविद्युत् आयोजनालाई आवश्यक निर्माणकालीन विद्युत् आपूर्तिसमेत गरिनेछ ।

शक्ति इञ्जिनियरिङ प्रालिका सञ्चालक गणेश खरेलका अनुसार अत्यन्त विकट भूगोल, भेरी नदीको किनार र चट्टानी क्षेत्रका कारण निर्माण चुनौतीपूर्ण भए पनि निर्धारित लक्ष्यअनुसार प्रसारण लाइन चार्ज गर्न सफल भएको बताए ।

सबस्टेसन सञ्चालनमा आएपछि डोल्पाका घरधुरी, सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा व्यावसायिक क्षेत्रले लामो समयदेखि भोग्दै आएको कमजोर विद्युत् सेवाबाट राहत पाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३