विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा निर्माण भइरहेको ४०० केभी नयाँ बुटवल सबस्टेसनको निर्माण कार्यले तीव्रता पाएको छ । आयोजना स्थलमा हाल ग्यास इन्सुलेटेड सबस्टेशन (जिआइएस) भवन, नियन्त्रण कक्ष (कन्ट्रोल बिल्डिङ), ट्रान्सफर्मर फाउन्डेसन, ग्यान्ट्री तथा अन्य आवश्यक उपकरणका फाउन्डेसन निर्माणका कामहरू तीव्र गतिमा अघि बढिरहेको एमसिए नेपालले जनाएको छ ।

यस सबस्टेसन निर्माणका लागि एमसिए-नेपाल र भारतीय निर्माण कम्पनी लिङ्क्सन इन्डिया प्रालिबिच २०८१ वैशाख २७ गते ठेक्का सम्झौता भएको थियो । कुल ३ करोड ५५ लाख १० हजार अमेरिकी डलर (करिब ४ अर्ब ७५ करोड रूपैयाँ) को लागतको यस आयोजनाको निर्माण कार्य सम्झौता लगत्तै सुरु गरिएको थियो ।

ठेक्का सम्झौता अनुसार आयोजनाको कुल निर्माण अवधि ३९ महिना तोकिएको छ । जसअनुसार आगामी २०८४ साउनभित्र यस ४०० केभी जिआइएस सबस्टेसनको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यो सबस्टेसन निर्माण सम्पन्न भएसँगै यसले नेपालको विद्युत् प्रसारण प्रणालीलाई थप सुदृढ र भरपर्दो बनाउनुका साथै बुटवल-गोरखपुर अन्तरदेशीय विद्युत् व्यापारका लागि समेत महत्त्वपूर्ण ढोका खोल्ने छ । आगामी वर्षहरूमा मुलुकभित्र निरन्तर तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्नका लागि यो सबस्टेसन एक प्रमुख पूर्वाधारका रूपमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३