विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नवीकरणीय ऊर्जाबाट हरित हाइड्रोजन इन्धन उत्पादन, भण्डार तथा वितरण सम्बन्धि परियोजना अघि बढाउन सम्झौता भएको छ । नेपाल आयल निगम र काठमाडौं विश्व विद्यालय (केयु) बीच गत पुस २४ गते आयातित इन्धन प्रतिस्थापन गर्न विद्युतीय ऊर्जाबाट हरित हाइड्रोजन इन्धन उत्पादनका लागि गरिएको समझदारी कार्यान्वयन गर्न याे सम्झौता गरिएको हो ।

सम्झौतामा केयुका डिन डम्बर नेपाली र निगमको आपूर्ति तथा वितरण विभागका निर्देशक दीपक बरालले बिहीबार हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षर भएसँगै परियोजना कार्यान्वयनको चरणमा गएको छ । 

सम्झौता अनुसार केयुले निगमलाई हाइड्रोजन इन्धन उत्पादन, भण्डारण र बिक्री वितरण गर्ने कार्यमा सहयोग गर्नेछ । यो सम्झौता २ वर्षका लागि हुनेछ । निगमले परियोजना अन्तर्गत ५ करोड रुपैयाँ खर्च गर्नेछ ।

यो अवधिमा केयुले स्थानीय क्षेत्र अनुकुल हुने गरी निगमलाई प्रविधि हस्तान्तरण तथा दक्ष प्राविधिक र कामदार उत्पादनमा पनि सहयोग गर्नेछ । परियोजना सञ्चालन गर्न केयुको तर्फबाट सहायक प्राध्यापक (मेकानिकल इन्जिनियर विभाग) बिराजसिंह थापालाई मुख्य व्यक्ति तोकिएको छ । 

विश्वभर नवीकरणीय ऊर्जाको स्रोतबाट हरित हाइड्रोजन उत्पादन गरी इन्धनकोरूपमा व्यवसायिक क्षेत्रमा प्रयोग गर्न आवश्यक भइसकेकाले नेपाल पनि यो विकल्पमा गएको थापाले बताए । ‘विश्व बजारमा नवीकरणीय ऊर्जाको स्रोतबाट हरित हाइड्रोजन उत्पादन गर्ने प्रविधिमा लाग्ने लागत कम हुँदै गएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘यो नै हाम्रा लागि आयातित इन्धनको विकल्पमा जाने राम्रो विकल्प हो ।’ 

उनले विद्युतीय ऊर्जाबाट हाइड्रोजन इन्धन उत्पादन गरेर उद्योग र यातायात क्षेत्रमा खपत गर्न सकिने बताए । हाइड्रोजन इन्धनको खपतबाट पेट्रोलियम पदार्थ आयात गर्दा विदेशिने अरबौं रुपैयाँ जोगाउन सकिने दाबी गरे ।

परियोजना अन्तर्गत विद्युतीय ऊर्जाबाट हाइड्रोजन इन्धन उत्पादन गरी यसको बिक्री वितरण गरेर ५ प्रतिशतमात्रै आयातित इन्धन प्रतिस्थापन गर्न सकेमा १० अर्ब रुपैयाँ विदेशिनबाट जोगाउन सकिने उनले जानकारी दिए । साथै, २०२५ सम्ममा हरित हाइड्रोजन इन्धनको प्रयोगबाट ०.४ टनसम्म कार्वन उत्सर्जनमा कमी ल्याउन सकिनेछ । 

पेट्रोलियम ऊर्जाको विकल्पमा नवीकरणीय ऊर्जाको खपत बढाउनुपर्ने आवाज विश्वभर उठिरहेकाले निगम पनि उद्योग र यातायात क्षेत्रको पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्नका लागि हाइड्रोजन इन्धन उत्पादन फलदायी हुने देखेर परियोजना सुरु गर्न सहमत भएको उनले बताए । 

अबको दशकमा जलविद्युतको अधिक उत्पादन भई संचित हुने अवस्था रहेकाले यसबाट हरित हाइड्रोजन इन्धन उत्पादन गर्नका लागि उपयुक्त समय आएको उनको भनाई छ । 

यो परियोजना अन्तर्गत भविश्यका लागि हाइड्रोजन इन्धन उत्पादन, भण्डारण, आपूर्ति र उपयोग सम्बन्धि कार्य गरिनेछ । यो परियोजनाले नेपालका साथै क्षेत्रीयरुपमा हरित इन्धन उत्पादन गर्ने प्रविधिको उपयोगका लागि जग तयार गर्ने केयुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit