विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल आगामी ४ वर्षमा जलविद्युतमा आत्मनिर्भर बन्ने दाबी गरेका छन् । मंगलबार युएसएआइडी ऊर्जा नेपाल प्रोग्रामले काठमाडौंमा गरेको ‘नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खा याममा समेत आत्मनिर्भर बन्ने घिसिङले बताए । उनले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावट विद्युत बढी हुने उल्लेख गरे ।

सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको उनको भनाइ छ । प्रत्येक वर्ष ८/९ सय मेगावाट विद्युत उत्पादन बढ्दै गएकोले सन् २०४२/४३ सम्ममा २० हजार मेगावाट विद्युत उत्पादन क्षमता पुग्ने प्राधिकरणको अनुमान रहेको बताए ।

विद्युत उत्पादन र विद्युत खपतको लागि पनि लगानी गर्नुपर्ने अवस्था रहेको र त्यसमा निर्यात तथा स्वदेशमा नै खपत गर्नका लागि प्रसारण लाइन आवश्यक रहेको बताए ।

अहिले नेपालको जलविद्युत उत्पादन क्षमता २५४४ मेगावाट रहेको छ । जसमा ७० मेगावाट सोलार ऊर्जा छ । अहिले ११ हजार मेगावाट जलविद्युत आयोजना विद्युत खरिद सम्झौता (पिपिए) का लागि पाएपलाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit