विद्युत अपडेट

  • प्राधिकरण : ८९५९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७५६३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२१०२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३६२९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२४८ मे.वा.
२०८३ साउन १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । दोलखामा निर्माणाधीन २ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेका छन् । विगु गाउँपालिका–८ मा निर्माणाधीन ५ मेगावाटको कालिञ्चोक जलविद्युत् र कालिञ्चोक गाउँपालिका–४ मा निर्माणाधीन ९९० किलोवाटको गुमुखोला भ्याकुरे साना जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेका हुन् ।

दुवै आयोजनाले सिभिल संरचना र पेनस्टक पाइपको परीक्षण गरी विद्युत्‌गृहको ‘ड्राइ’ परीक्षणपछि परीक्षण उत्पादन सुरु गरेका हुन् । परीक्षण उत्पादनको अध्ययन गर्न नेपाल विद्युत् प्राधिकरणको टोली समेत ४ दिनदेखि आयोजना स्थलमा खटिएको छ ।

कालिञ्चोक जलविद्युत् आयोजनाको विद्युत्‌गृह सोरुङ खोलामा निर्माण भएको छ । आयोजनाको विद्युत् हिमपर्वत हाइड्रोपावर कम्पनीले सोरुङ खोलामा निर्माण गरेको स्विचयार्डमा जोडेर १३२ केभी प्रसारण लाइन मार्फत सिंगटी सबस्टेसनमा जोडिएको छ ।

कालिञ्चोक हाइड्रोपावर लिमिटेडकी अध्यक्ष इन्दिरा पन्तका अनुसार आयोजनाको ३२५ मिटर ग्रस हेड रहेको आयोजनाको निर्माण लागत करिब १ अर्ब रुपैयाँ अनुमान गरिएको छ । आयोजनाले गतवर्ष नै विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको भए पनि बाढीले इन्टेकमा क्षति पुर्‍याएपछि विद्युत् उत्पादनमा ढिलाइ भएको हो । 

गुमुखोला भ्याकुरे आयोजनाको बाँध गाईघाटमा निर्माण गरिएको छ भने कुभिण्डेमा विद्युत् गृह रहेको छ । आयोजनाले उत्पादन गरेको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत ४ किलोमिटरको दूरीमा रहेको प्राधिकरणको सिंगटी सब स्टेसनमा जोडिएको छ ।

आयोजनाको प्रवर्द्धक गुमुखोला भ्याकुरे हाइड्रोपावर प्रालिका अध्यक्ष उत्तम श्रेष्ठले सोमबार आयोजनाको परीक्षण उत्पादन सफल भएको जानकारी दिए । कुनै समस्या नदेखिए साउन महिनाभित्रै व्यावसायिक उत्पादन सुरु गर्ने बताए ।

आयोजनाको हेड १७२ मिटर रहेको छ । करिब २१ करोडको लागत अनुमान गरिएको आयोजनाको लागत बढेर २५ करोड रुपैयाँसम्म पुग्ने अनुमान छ । ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजीमा लगानी रहेको आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेको छ ।

परीक्षण उत्पादनका क्रममा १५ दिनसम्म प्राधिकरणलाई निःशुल्क विद्युत् दिनुपर्ने व्यवस्था अनुसार त्यसपछि भने दुवै आयोजनाले व्यावसायिक उत्पादन गर्ने छन् ।

व्यावसायिक उत्पादन सुरु हुने बेला दोलखा वितरण केन्द्रले नै दुवै आयोजनामा मिटर जडान गर्ने प्राधिकरणको दोलखा वितरण केन्द्रका प्रमुख रोशनकुमार सिंह जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३