विद्युत अपडेट

  • प्राधिकरण : ६३५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९८८१ मे.वा.घन्टा
  • आयात : १३६०६ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२११ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडले १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन गर्न ३ चिनियाँ कम्पनीलाई ७७.६० प्रतिशतको हिस्सेदारी बनाएको छ । अनौपचारिकरूपमा यसअघि नै चिनियाँ कम्पनी भित्रिए पनि बिहीबार (बैशाख १६ गते) देखि यसलाई औपचारिकता दिइएको हो ।

कम्पनीले बिहीबार नै यसको जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई दिएको छ । आयोजनामा आजैबाट चिनियाँ लगानीलाई औपचारिकता दिइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले बताए ।

मनाङको चामे र नासोङ गाउँपालिकामा ‘मनाङ मर्स्याङ्दी हाइड्रो पावर कम्पनी प्रालि’ले निर्माण गर्ने आयोजनामा बिपिसीको २२.४० प्रतिशतमात्र स्वामित्व राखिएको छ । बिपिसीका अनुसार आयोजना प्रवर्द्धक कम्पनीमा एससीआईजी इन्टरनेशनल लिमिटेडको ४९.४७ प्रतिशत, छिङ्गचेङ्ग इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको १६.४९ प्रतिशत र क्यूवाईसी इन्टरनेशनल कम्पनी लिमिटेडको ११.६४ प्रतिशत स्वामित्व तोकिएको छ ।

उक्त हिस्सा बराबरको सेयर स्वामित्व आजैका मितिबाट हस्तान्तरण गरेर विदेशी लगानीकर्ताहरू भित्र्याएको कम्पनीले जनाएको छ । आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) २०७७ चैत ९ गते भएको थियो ।

विद्युत् नियमन आयोगले सिफारिस गरेको दर (हिउँदमा प्रतियुनिट रु. ८.४० र बर्खामा प्रतियुनिट रु.४.८०) मा प्राधिकरणले विद्युत् किन्ने टुंगो लागेको छ । आयोजनाबाट हुने वार्षिक प्रतिफल १७ प्रतिशतभन्दा बढी हुन नहुने र त्यो भन्दा बढी भए पिपिए दर घट्ने सर्तअनुसार पिपिए भएको छ ।

यसअघि, सय मेगावाटभन्दा ठूला र विदेशी लगानी रहेका आयोजनाको पिपिए अमेरिकी डलरमा हुँदै आएको थियो । तर, मनाङ मर्स्याङ्दीमा भने चिनियाँ लगानी भए पनि स्वदेशी मुद्रामै पिपिए गरिएको छ । साथै, यसअघि सुपर सिक्सका आयोजनाको हकमा प्राधिकरणले समयमा प्रसारण लाइन निर्माण नगरे र सोही अनुसार प्रवर्द्धकले पनि समयमा विद्युत् उत्पादन नगरे ४५ प्रतिशतसम्म क्षतिपूर्ति तिर्नुपर्ने करारनामा गरिएकाे थियाे ।

मनाङ मर्स्याङ्दीमा भने त्यस्तो करारनामा २५ प्रतिशत कायम गरिएको छ । आयाेजनामा शतप्रतिशत ऋण चिनियाँ बैंकहरूबा स्वपुँजी लगानीकर्ता संस्थाहरूले नै ल्याउने बाचा गरेका छन् । चिनियाँ मुद्रामै ऋण ल्याउने, आयोजनाको ठेक्कापट्टा त्यही मुद्रा गर्ने र भुक्तानी पनि त्यसरी गरिने हुँदा नेपाली रुपैयाँमा पिपिए गरेर समस्या नहुने बिपिसीले जानकारी दिएको छ ।

एक वर्षभित्र लगानी व्यवस्थापन

बिपिसीले अबको करिब एक वर्षभित्र आयोजनाका लागि लगानी व्यवस्था गरिसक्ने बाचा गरेको छ । पिपिएमा हस्ताक्षर भएपछि ६ महिनाभित्र ठेक्कापट्टाको काम सक्ने र वर्षदिनभित्र लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने जानकारी दिइएको छ ।

निर्माण अवधिको ब्याजबाहेक करिब ३३ अर्ब ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा २६ अर्ब ७० करोड रुपैयाँ चिनियाँ बैंकबाट ऋण ल्याइनेछ । ६ अर्ब ६७ करोड ६० लाख रुपैयाँ स्वपुँजी लगानी हुनेछ । यसमध्ये २० प्रतिशतमात्र स्वदेशी ९बिपिसी० को लगानी रहनेछ ।

प्राधिकरणले विद्युत् खरिद दरमा वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म सामान्य मूल्यबृद्धिको सुविधा प्रस्ताव गरेको छ । आयोजनाबाट वार्षिक ७५ करोड ९ लाख ४८ हजार ८ सय ७५ युनिट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । यद्यपि, प्राधिकरणले वार्षिक ७६ करोड ६५ लाख ९३ हजार ६ सय ४३ युनिट बिजुली किन्ने गरी मस्यौदा पिपिए गरेको छ ।

टेक अर पे ९लिउ या तिर० प्रावधान अनुसार पिपिए प्रस्ताव गरिएको आयोजनाबाट २०८४/८५ सम्म विद्युत् उत्पादन गर्नैपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । त्यस अवधिसम्म आयोजनाबाट विद्युत् उत्पादन नभए पिपिए स्वतः टेक एन्ड पे (लिउ र तिर) मा परिणत हुने सर्त छ ।

पछिल्ला ८ वर्ष टेक अर पे प्रावधानको पिपिए भए पनि प्राधिकरणले बर्खामा आयोजनाको ९० प्रतिशतमात्र विद्युत् किन्ने सर्त कायमै राखेको छ । जसअनुसार बर्खाको १० प्रतिशत ऊर्जा प्राधिकरणले चाहेको समयमा मात्र किन्न सक्छ ।

आयोजनाबाट उत्पादित विद्युत् जोड्न प्राधिकरणले मनाङकै धारापानीस्थित २२० केभी स्वीचयार्ड सिफारिस गरेको छ । त्यहाँसम्म विद्युत् पुर्याउन प्रवर्द्धकले विद्युत्गृहदेखि करिब ५ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ ।

सोही प्रावधानअनुसार कनेक्सन एग्रिमेन्ट ९प्रसारण सम्झौता० गरिएको छ । सम्झौता अनुसार प्रवर्द्धक कम्पनीले तोकेको समयभित्र विद्युत् उत्पादन नगरे आयोजनाबाट उत्पादन हुने वार्षिक ऊर्जा आम्दानीको २५ प्रतिशतसम्म जरिवाना तिर्नुपर्नेछ । यस्तै, आयोजनाबाट विद्युत् उत्पादन हुँदासम्म प्राधिकरणले प्रसारण लाइन तयार नगरे उल्लेखित दरकै आधारमा प्रवर्द्धकलाई जरिवाना तिर्नुपर्छ ।

टेक अर पे ९लिउ या तिर० प्रावधान अनुसार पिपिए प्रस्ताव गरिएको आयोजनाबाट सन् २०२५ भित्र विद्युत् उत्पादन गर्ने प्रक्षेपण छ । आयोजनाबाट विद्युत् उत्पादन भएको मितिदेखि १५ वर्षसम्म वार्षिक ११ करोड ७३ लाख ४० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । १५ वर्षपछि वार्षिक ७६ करोड २६ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ ।

सम्बन्धित थप समाचार

१३५ मेगावाटको मनाङ मर्स्याङ्दीको पिपिएमा हस्ताक्षर, प्रतिफल बढी भए पिपिए घटाइने

मनाङ मर्स्याङ्दी नमुना आयोजना बन्दै, विदेशी लगानी स्वदेशी मुद्रामै पिपिए

अयोगले सय मेगावाट ठूलो पहिलो आयोजनालाई पिपिए स्वीकृति दिँदै

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit