विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
भोटेकोसी नदीको बाढी प्रभाव अपडेट

काठमाडौँ । त्रिशूली नदीमा जलप्रवाहको सतह पुनः बढेपछि ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजना क्षेत्र पुनः जलमग्न भएको छ ।

पानीको सतह बढेपछि उद्धार कार्यमा खटिएका विज्ञ प्राविधिक, कर्मचारी तथा कामदारहरू सुरक्षित स्थानतर्फ गएका छन् । नुवाकोटको विदुरमा त्रिशूली नदीको जलप्रवाह हेर्दा भदौ १० गतेको भन्दा ठूलो रहेको नेपाल विद्युत् प्राधिकरणका मेकानिकल इन्जिनियर क्षितिज कोइरालाले जानकारी दिए ।

‘३ ‘ए’मा कार्यरत टोली काम छोडेर अर्चले भन्ने माथिल्लो क्षेत्रतर्फ पुगेको भन्ने जानकारी छ, लेदो छैन तर खोलाको पानीको सतहमात्र हेर्दा १० गतेको ठूलो छ,’ उनले भने, ‘काम रोकिएको भन्ने छ, काम भइरहेको स्काभेटरसमेत पानीले छोपिएको भन्ने छ ।’

पानीको सतह बढे पनि त्यस्तो ठूलो क्षति हुँदैन भन्ने आकलन गरिएको त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले बताए । अवस्था केही सुधार भएमा आज प्रभावित क्षेत्रमा नेपाली सेनामार्फत उत्खनन् सुरु गरिने उनले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण, नेपाली सेना, प्रहरी लगायत सरोकारवालाले सम्पूर्ण तयारी गरी हिजोदेखि दुवै आयोजना उद्धारको काम थालिएको थियो । प्राधिकरणले इन्जिनियर, मेकानिक्स, कामदार, स्काभेटर चालक लगायत अन्य आवश्यक सामग्री हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पु¥याएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद द्वय श्रीराम न्यौपाने र सागर ढकालसमेत हिजोदेखि नै उद्धारस्थलमै खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३