विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ग्रामीण क्षेत्रमा वसोवास गर्ने आधुनिक ऊर्जाबाट टाढा रहेका क्षेत्र, समुदाय तथा घरपरिवारलाई नवीकरणीय ऊर्जामार्फत विद्युत्को पहुँच पु¥याउन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काम गरिरहेको छ । साथै, देशभर खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धनका लागि केन्द्रले गरेका कार्यहरू सह्रानीय छन् । जसबाट परम्परागत तथा आयातित ऊर्जामाथिको निर्भरतामा कमी र दिगो तथा किफायती ऊर्जाको उपयोगमा वृद्धि भएको छ ।

केन्द्रले प्रस्तुत गरेको गत आर्थिक वर्ष (आव) को वार्षिक प्रगति प्रतिवेदनलाई हेर्दा केन्द्रले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा आशातित कार्य गरिरहेको छ । यी कार्यलाई अझ बढी प्रभावकारी, दिगो, वातावरणमैत्री बनाउने र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी प्राविधिक तथा वित्तिय पहुँच स्थापित गर्न थप पहल गर्नुपर्ने छ ।

देशमा तीन तहको सरकार रहेको वर्तमान व्यवस्थाका कारण देशव्यापी रूपमा नवीकरणीय ऊर्जाको पहुँच विस्तार गर्न अनुकूल वातावरण छ । अतः स्वच्छ ऊर्जाको समतामूलक एवम् प्रभावकारी प्रवर्द्धनबाट वातावरणमात्र नभई नभई नागरिकको स्वास्थ्य एवम् जीवनस्तर अभिवृद्धिमा समेत योगदान हुनेछ । यो तथ्यलाई आत्मसात् गरी केन्द्रले पनि आगामी दिनमा सबै तहका सरकारहरू बिच समन्वयात्मक भूमिका निर्वाह गर्दै आफ्नो भुमिकालाई अझ सशक्त र सवल बनाउँदै लैजानु पर्दछ ।

केन्द्रले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा हालसम्म गरेका कार्यहरूलाई संस्थागत गर्न र नेपालमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रलाई नियमन गर्न मन्त्रालयको अग्रसरतामा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१’ मन्त्रीपरिषद्बाट स्वीकृत भई राष्ट्रियसभामा छलफल क्रममा छ । यसलाई सक्दो छिटो संघीय संसदका दुवै सदनबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको छ । यसबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको माध्यमबाट देशमा ऊर्जा रुपान्तरणको कार्य अझ द्रुत गतिमा अघि बढ्ने विश्वास गर्न सकिन्छ ।

यो सामग्री ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २८औँ वार्षिकोत्सवको अवसरमा राखेको मन्तव्यको सम्पादित अंश हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३