विद्युत अपडेट

  • प्राधिकरण : ९९५२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३१८२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५६३९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२४३ मे.वा.
२०८३ साउन १८, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बढ्दो विद्युत् मागलाई मध्यनजर गर्दै २ वटा सबस्टेसनको स्तरोन्नति गरेको छ । प्राधिकरणले कैलालीस्थित पहलमानपुर ३३/११ केभी र कञ्चनपुरस्थित महेन्द्रनगर १३२ केभी सबस्टेसनको स्तरोन्नति गरेको हाे ।

प्राधिकरणका अनुसार पहलमानपुरमा थप १६.६ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडान गरी २०८३ साउन १६ गते सफलतापूर्वक चार्ज गरिएको छ । यसअघि उक्त सबस्टेसनमा ८ एमभिएको एउटा मात्र पावर ट्रान्सफर्मर सञ्चालनमा रहेको थियो । नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै पहलमानपुर, सुखड, भजनी तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्तिको क्षमता, गुणस्तर र विश्वसनीयतामा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, महेन्द्रनगरमा रहेका दुईवटा ३० एमभिए, १३२/३३ केभी पावर ट्रान्सफर्मरलाई प्रतिस्थापन गरी दुईवटा ६३ एमभिए क्षमताका नयाँ पावर ट्रान्सफर्मर सफलतापूर्वक सञ्चालनमा ल्याइएको छ । यससँगै सबस्टेसनको कुल रूपान्तरण क्षमता ६० एमभिएबाट १२६ एमभिए पुगेको छ । क्षमता विस्तारपछि महेन्द्रनगर तथा आसपासका क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन, विद्युत् आपूर्तिको विश्वसनीयता, सञ्चालन लचकता तथा सेवा निरन्तरतामा उल्लेखनीय सुधार हुने प्राधिकरणले जनाएको छ ।

बढ्दो विद्युत् माग व्यवस्थापन गर्दै सुरक्षित, भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न सबस्टेसनहरूको क्षमता विस्तार तथा विद्युत् पूर्वाधार सुदृढीकरणका कार्यलाई तीव्रता दिइएको  प्राधिकरणले उल्लेख गरेको छ ।

त्यसैगरी, प्राधिकरणले सुदूरपश्चिममा क्षमता विस्तारका कार्य सम्पन्न भएसँगै हाल मोरङस्थित केरौन १३२/३३/११ केभी सबस्टेसनलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गरी सञ्चालनमा ल्याउने अन्तिम तयारी तीव्र बनाएको छ ।

गत साता प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको नेतृत्वमा प्रवक्ता तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल लगायतको उच्चस्तरीय टोलीले उक्त सबस्टेसनको स्थलगत निरीक्षण गरेको थियो । सो क्रममा निर्माण प्रगति, सञ्चालन तयारी तथा बाँकी प्राविधिक कार्यहरूको विस्तृत समीक्षा गरेको थियो । कार्यकारी निर्देशक श्रेष्ठले आयोजना निर्धारित समयभित्र सञ्चालनमा ल्याउन आवश्यक निर्देशन दिएपछि निर्माण व्यवसायीले १३२ केभी लाइन ट्यापिङसम्बन्धी बाँकी कार्यलाई द्रुत गतिमा अघि बढाएको छ ।

उक्त आयोजना अन्तर्गत हाल नयाँ टावर निर्माण, आवश्यक संरचनागत कार्य, लाइन क्लियरेन्सलगायत अधिकांश पूर्वतयारी सम्पन्न भइसकेका छन् भने बाँकी प्राविधिक कार्य अन्तिम चरणमा पुगेका छन् ।

सबस्टेसनलाई राष्ट्रिय प्रसारण प्रणालीसँग जोड्न आवश्यक १३२ केभी लाइन ट्यापिङ कार्य सम्पन्न गर्न निर्माण व्यवसायीले १२ घण्टाको 'सटडाउन' आवश्यक पर्ने प्रस्ताव गरेको छ । तर, आम उपभोक्तामा पर्ने प्रभावलाई न्यूनतम बनाउन बिहान ३:०० बजेदेखि नै सटडाउन सुरु गरी सकेसम्म छोटो अवधिमै सम्पूर्ण कार्य सम्पन्न गर्ने गरी विस्तृत कार्ययोजना तयार गर्न कार्यकारी उनले निर्देशन दिएका छन् । सोहीअनुसार आवश्यक प्राविधिक तयारी, कार्यतालिका, जनशक्ति परिचालन तथा समन्वयका कार्यहरू तीव्र रूपमा अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, सटडाउन अवधिमा पूर्वी क्षेत्रका उपभोक्तामा विद्युत् आपूर्तिको असर न्यून बनाउन पूर्वी क्षेत्रकै विद्युत् उत्पादन केन्द्रहरूको अधिकतम उपयोग गर्दै ‘मिनी ग्रिड’ अवधारणामार्फत प्रभाव पर्न सक्ने क्षेत्रमा सम्भव भएसम्म निरन्तर विद्युत् आपूर्ति कायम राख्ने व्यवस्थाको तयारी गर्न पनि उनले निर्देशन दिएका छन् । सोहीअनुसार आवश्यक प्राविधिक अध्ययन, प्रणाली विश्लेषण तथा सञ्चालन तयारी भइरहेको छ ।

प्राधिकरणका अनुसार आवश्यक स्वीकृति प्राप्त भएपछि आगामी शनिबार सटडाउन गरी १३२ केभी लाइन ट्यापिङ कार्य सम्पन्न गरिनेछ । त्यसपश्चात् परीक्षण तथा कमिसनिङका अन्तिम प्राविधिक कार्य सम्पन्न गरी केरौन सबस्टेसन शीघ्र सञ्चालन (चार्ज) मा ल्याइने तयारी गरिएको छ ।

उक्त सबस्टेसन सञ्चालनमा आएपछि मोरङको बेलबारी, रंगेली तथा आसपासका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित हुनुका साथै पूर्वी नेपालको वितरण प्रणालीको विश्वसनीयता, सञ्चालन लचकता तथा विद्युत् सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३