विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बलेफी हाइड्रो पावर कम्पनीले आगामी २७ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निर्माण सम्पन्न ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७ सय ८२ कित्ता जुगल गाउँपालिका वडा नम्बर २, ३ र ४ (साविकको गोल्चे गाविस, गुम्बा गाविस र पाङताङ गाविस) छुट्याइएको छ । 

यस्तै, आयोजनाको १३२ केभि प्रशारण लाइनबाट प्रभावित जुगल गाउँपालिकाको वडा नम्बर ५ र ७, बलेफी गाउँपालिकाको बडा नम्बर १, ३, ६ र ७, सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १ सय ८८ कित्ता सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा फागुन १२ गतेसम्म र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको सेयर स्वपुँजी लगानीको २० प्रतिशत हो । कम्पनीको सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । स्थानीयले कुमारी बैकको जलबिरे शाखा, एनसीसी बैंकको बोडे शाखा, ग्लोबल आईएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा शाखा र खाडिचौर शाखाबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरेको आयोजना निर्माण सम्पन्न भई अहिले परीक्षणको चरणमा छ । ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी रहेको आयोजना ७ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit