विद्युत अपडेट

  • प्राधिकरण : ९४५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४०१४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५१७३ मे.वा.घन्टा
  • आयात : ४३१ मे.वा.घन्टा
  • निर्यात : २०८४९ मे.वा.घन्टा
  • ट्रिपिङ : २८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६९३५८ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : ३२१५ मे.वा.
२०८३ असोज २०, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । हेटौँडा-ढल्केबर ४०० केभी प्रसारण लाइन दशैँलगत्तै सञ्चालनमा ल्याउने तयारीका साथ काम अघि बढाइएको छ । लाइनका बाँकी काम द्रुत गतिमा सकेर सञ्चालनमा ल्याउन तयारी सुरु गरिएको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले निर्माणाधीन हेटौँडा-ढल्केबर ४०० केभी सबस्टेसनकाे शनिबार निरीक्षण गरे । मन्त्री श्रेष्ठले सबस्टेसनमा दुईटा मल्टिसर्किट टावरकाे कार्यप्रगति विवरणकाे ब्रिफ्रिङ लिएका हुन् । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशकाे ऊर्जा मेरूदण्डकाे रूपमा रहेकाे टावरकाे काम समयमै सम्पन्न गर्न निर्देशन दिए ।

मन्त्री श्रेष्ठले हेटौँडा-ढल्केबर प्रसारण लाइन नेपालकाे ऊर्जाकाे मेरुदण्डकै रूपमा रहेकाे बताए । `यहाँबाट चितवन हुँदै बुटवल जाने र अर्काेतिर ढल्केबर जाने लाइनका १६ वटा टावर निर्माणकाे काम १२ वर्षदेखि राेकिएकाे थियाे,' उनले भने, 'राज्यकाे अर्बौँ रूपैयाँ खर्च भएकाे तर के गर्ने भन्ने अन्याेल रहेको अवस्थामा सबैकाे सत्प्रयासले ऐतिहासिक काम पनि भएकाे छ ।'

त्यसले बुटवलकाे लाइन इनरूवा, इनरूवाकाे लाइन बुटवल जानसक्ने ऊर्जाकाे राजमार्ग नै बन्छ । यहाँकाे दुइटा टावरकाे चिन्ता थियाे । सबै टिमकाे सक्रियतामा याे सम्पन्न हुने चरणमा पुगेकाे छ,´ उनले भने । लाइन बनिसकेपछि दुई हजार मेगावाट क्षमतामा विद्युत प्रवाह हुने भएकाले यो महत्त्वपूर्ण उपलब्धि हुने बताए । 

करिब १२ वर्षदेखि अलपत्र उक्त प्रसारण लाइन आयोजनाकाे काम अगाडि बढाउन मन्त्री श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रक्रिया अगाडि बढाएका थिए । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले प्रसारण लाइनका १६ वटा टावरमध्ये १४ वटा डबल सर्किटकाे टावर निर्माण भइसकेकाे बताए । दुईटा मल्टिसर्किट टावर अन्तिम चरणमा पुगेको छ । 

`१४ वटा टावर तयार भइसक्याे, बाँकी दुईकाे कार्यप्रगति राम्राे छ,' कार्यकारी निर्देशक श्रेष्ठले भने, '१०/१५ दिनमै तयार गरेर चार्ज गर्छौँ । यसलाई ब्याक बाेनकाे रूपमा लिएका छौँ । जसले गर्दा विद्युत् आपूर्तिको विश्वसनीयता बढेर जान्छ । खपत पनि बढाउन सक्छौँ भने निर्यात पनि बढाउन सक्छौँ । दशैलगत्तै चार्ज गर्ने तयारी छ ।' 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३