विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले विभिन्न नीति तथा कार्यक्रम मार्फत विद्युतीय चुलोलाई प्रवर्द्धन गरिरहँदा महिला सञ्जालले महिलालाई चुलो मर्मत तालिम प्रदान गरेकाे छ । सञ्जालले घरयासी तथा व्यवसायीक प्रयोजनका लागि महिला र विपन्न वर्गको पहुँचमा लैजान मर्मत तालिम दिएकाे हो ।

भान्सामा काम गर्ने महिलाहरुको स्वास्थ्यमा सुधार गर्दै जलवायु परिवर्तनको असर न्यूनिकरणमा सरकारले राखेको लक्ष्य पूरा गर्न संजालले विद्युतीय चुलो सम्बन्धि मर्मत तालिम प्रदान गरेकाे हाे । सञ्जालले गत बैशाख १७ गतेदेखि २० गतेसम्म ४ दिने तेस्रो चरणको तालिम पनि सम्पन्न गरेको छ ।

स्वस्थ जीवन र सफा भान्साको निम्ति विद्युतीय चुलोको प्रयोग, उपयोगिता र मर्मतबारे तालिम सम्पन्न गरेको हाे। संजालले यसअघि पहिलो र दोस्रो चरणमा विभिन्न जिल्लाका २१ जना महिलाहरूलाई चुलो मर्मत सम्बन्धि तालिम प्रदान गरिसकेको छ । पहिलो र दोस्रो चरणको तालिममा चुलो मर्मत सम्बन्धि सैद्यान्तिक तथा प्राबिधिक तालिमबाट छनौट भएका ८ जनालाई तेस्रो चरणको तालिम दिइएको हो ।

तेस्रो चरणको तालिममा पहिलो र दोस्रो चरणको तालिमबाट सिकेका कुराहरु आ–आफ्नो ठाउँमा कसरी प्रयोग गरिए, कस्ताकस्ता समस्याहरू, चुनौतीहरु आए भन्ने बिषयमा सहभागीहरूबीच छलफल भएको थियो । साथै, तालिमबाट जानेको कुराहरू कसरी अरुलाई सिकाउने भन्ने बिषयमा समेत तालिम दिइएको थियो । तालिममा ललितपुर, काभ्रे, बुटवल र भक्तपुरका प्रशिक्षार्थीहरू सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit