विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पाँचथरमा निर्माणाधीन १० मेगावाटको काबेली ‘बी’–१ क्यासकेड जलविद्युत आयोजनाले पुसदेखि विद्युत उत्पादन सुरु गर्ने भएको छ । ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजना सञ्चालनमा आउने चरणमा पुग्न लागेको हो ।

मंसिरभित्रै विद्युत उत्पादनको तालिका राखिए पनि अन्तिम चरणको काम सम्पन्न हुन बाँकी रहेकाले पुसमा पुगेको प्रवद्र्धक अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनीका अध्यक्ष रमेशप्रसाद न्यौपानेले बताए । ‘१८ महिनामा हाम्रो आयोजना ९५ प्रतिशत सम्पन्न भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अबको १ महिनामा आयोजनाबाट विद्युत उत्पादन सुरु गर्ने गरी निर्माणलाई गति दिएका छौं ।’

यसअघि असोजका लागि राखिएको विद्युत उत्पादनको तालिका कोरोना (कोभिड–१९) महामारीका कारण निर्माण लम्बिएपछि मंसिरमा सारिएको थियो । आयोजनामा कार्यरत कामदार तथा कर्मचारी नै कोरोना संक्रमित हुँदा यसको प्रत्यक्ष प्रभाव आयोजनाको संरचना निर्माणमा पनि परेको हो ।

आयोजनामा कार्यरत ५० प्रतिशत बढी कामदार कोरोना संक्रमित हुन पुगेका थिए । यो आयोजना २५ मेगावाटको काबेली ‘बी’–१ जलविद्युत आयोजनाको क्यासकेड हो । काबेली ‘बी’–१ को विद्युतगृहबाट निस्कने सबै पानीको उपयोग हुने गरी यो आयोजना निर्माण भइरहेको हो ।

काबेली ‘बी’–१ ले छोडेको पानी विद्युतगृहसम्म पठाउन साढे १२ सय मिटर कंक्रिट नहर र साढे १२ सय मिटर ‘लो प्रेसर’ पेनस्टक पाइप रहने गरी आयोजनाको डिजाइन गरिएको छ । कंक्रिट नहर निर्माणको काम पूरा भइसकेको छ । 

आयोजनाको विद्युतगृहमा जर्मनीको डब्ल्युकेभीले उत्पादन गरेका इलेक्ट्रोमेकानिकल उपकरण जडान हुँदैछन् । आयोजनाको विद्युत प्रवाह गर्न प्रसारण लाइनको समस्या छैन । आयोजनाले उत्पादन गर्ने विद्युत १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडिनेछ ।

आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा १ अर्ब ४० करोड रुपैयाँ बैंकको ऋण लगानी हो । आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा कुमारी बैंकको पनि लगानी छ ।

६० करोड रुपैयाँ स्वपुँजी लगानी हो । स्वपुँजी लगानी जुटाउन कम्पनीले हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले यसअघि संखुवासभाको पिलुवा खोलामा ३ मेगावाटको जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ ।

कम्पनीले पिलुवाको विद्युत बिक्रीबाट हुने आम्दानी सहायक कम्पनीमार्फत आधा दर्जन बढी जलविद्युत आयोजनामा लगानी गरेको छ । काबेली ‘बी’(१ क्यासकेड आयोजनामा भने कम्पनीको शतप्रतिशत लगानी छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit