विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले बैशाख यता ९० मेगावाटका विद्युत आयोजना निर्माण गर्न अनुमतिपत्र जारी गरेको छ । अध्ययन पूरा भएका जलविद्युत र सौर्य आयोजनाबाट विद्युत उत्पादन गर्न उत्पादक कम्पनी, निजी विद्युत कम्पनीको नाममा निर्माण अनुमति जारी गरेको हाे ।

विद्युत विकास विभागका अनुसार २०७९ बैशाखदेखि हालसम्मको अवधिमा सो क्षमताको विद्युत उत्पादन गर्न अनुमतिपत्र जारी गरिएको छ । जसमा जलविद्युतबाट ७२ मेगावाट विद्युत उत्पादन गर्न २ आयोजनाले र सौर्यबाट २० मेगावाट विद्युत उत्पादन गर्न ३ आयोजनाले अनुमति पाएका छन।

५७ मेगावाटको हिमचुली दोर्दी र १५ मेगावाटको माथिल्लो ठुलो खोला जलविद्युत आयोजनाले उत्पादन अनुमति पाएका छन् । पिपुल्स हाइड्रो पावर कम्पनीले लमजुङमा अध्ययन पूरा गरेको हिमचुली दोर्दी आयोजनाले २०७९ बैशाख २८ गते उत्पादन अनुमति पाएको हो ।

ठुलो खोला हाइड्रो पावरले म्याग्दीमा अध्ययन पूरा गरेको माथिल्लो ठुलो खोलाले जेठ ९ गते उत्पादन अनुमति पाएको छ । 

यस्तै, नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा १० मेगावाटका दुई सौर्य आयोजना निर्माण गर्न अनुमति पाएको विभागको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले यी आयोजना अघि बढाउन बैशाख ६ गते अनुमति पाएको हो ।

झापा इनर्जी लिमिटेडले पनि १० मेगावाटको सौर्य आयोजना अघि बढाउन अनुमति पाएको छ । झापामा अध्ययन सम्पन्न गरेको कम्पनीको नाममा विभागले बैशाख ११ गते उत्पादन अनुमति जारी गरेको थियो ।

हालसम्म ७ हजार ३ सय ३० मेगावाटका जलविद्युत र सौर्य विद्युत आयोजनाले निर्माण अनुमति पाएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit