images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सूर्य इनर्जी प्राइभेट लिमिटेडले गोरखा जिल्लाको ९१.१५ मेगावाटको बुढीगण्डकी नदी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले जिल्लाको चुमनब्री गाउँपालिकाम अवस्थित बुढीगण्डकी नदीको पानी उपयोग गरी आयोजना निर्माण गर्न लागेको हो ।

कम्पनीले आयोजनाको काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत प्राप्त हुने लगतै आयोजनाको काम अघि बढाउने पनि कम्पनीले जनाएको छ ।

विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सूचना प्रकाशित भएको ३५ दिन भित्रमा सरोकारवालालाई लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ । कम्पनीले निर्माण गर्न लागेको आयोजनाको हेडवक्र्सको मूख्य भौतिक संरचनाहरू बुढीगण्डकी नदीको दायाँ किनारमा अध्ययनले दखाएको छ ।

विद्युत् गृहको लम्बाई, चौडाइ र उचाई क्रमशः ४० मिटर, १३.५ मिटर र २४.२५ मिटर रहनेछ । विद्युत् गृहमा २ वटा फ्रान्सि टवाईन रहनेछन र प्रत्येको क्षमता ४५.५ मेगावाट रहनेछन् । यी टवाईनहरूमा पानी खसाली सोसँग जोडिएको दुईवटा र ३ फेज जेनेरेटर मार्फत विद्युत् उत्पादन गरिनेछ । आयोजनबाट वार्षिक सरदर २९३.१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने पनि अध्ययनले देखाएको छ ।

विद्युतगृह नजिकै स्वीच्यार्ड निर्माण गरिनेछ । प्रस्तावित आयोजनाबाट उत्पादित विद्युत् २२० केभी डबल सर्किट प्रसारण लाइन मार्फत ४० किलोमिटर लामो दुरीमा रहेको लपन सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ ।

वातावरणीय मूल्यांकन अध्ययन (इआइए)का अनुसार आयोजना सम्पन्न गर्न १२ अर्ब ६५ करोड रुपैयाँ लागत लाग्ने देखिएको छ । जसमा प्रतिमेगावाट लागत १२ करोड ३६ लाख १२ हजार रुपैयाँ रहेको छ । आयोजनाकाे काम ५ वर्षभित्र सम्पन्न हुनेछ ।

आयोजना निर्माण तथा सञ्चाल गर्दा भू–क्षय, वायु प्रदूषण आदिद्वारा वातावरणमा प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit