विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मन्त्रालय मातहतका निकायलाई कागजी प्रगतिमा भन्दा प्रत्यक्ष देखिने परिणाममा केन्द्रित हुन निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा उच्च तहका कर्मचारीहरूसँगको छलफलमा उनले यस्तो निर्देशन दिएको हुन् ।

‘अब कागजमा मात्र प्रगति देखाएर हुँदैन, लगानीको प्रतिफल देखिने गरी काम गर्नुपर्छ,’ मन्त्री खड्काले भने । उनले नेपाल विद्युत् प्राधिकरणमा विगत १० वर्षदेखि थन्किएर बसेको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तत्काल उठाउन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई निर्देशन दिए । साथै, सबै आयोजनाको प्रगति स्पष्ट हुने गरी श्वेतपत्र सार्वजनिक गर्न समेत मन्त्री खड़काले निर्देशन दिए । 

निजी आयोजना समयमै, सरकारी किन ढिलो ? 

ऊर्जा मन्त्री खड्काले निजी क्षेत्रले छिटो सक्ने योजना अध्ययनको काममा सरकारी संयन्त्र ढिलो हुनु चिन्ताजनक रहेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरे । ‘हिजो मागिएको बजेटको प्रतिफल देखिएन भने अहिले फेरि किन माग गर्ने ?,’ मन्त्री खड्काको यो प्रश्नले सरकारी संयन्त्रभित्रको कार्यशैलीमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको सन्देश दिएको छ।

बर्खामा बजेट सिध्याउने प्रवृत्तिप्रति आपत्ति

वर्षायाम लागेपछि परिणाममुखि काम नगरी असार मसान्तमा जसरी पनि बजेट सिध्याउने प्रवृत्तिप्रति मन्त्री खड्काले आपत्ति जनाए । ‘गतिलो कामै नगरी बर्खामा असार मसान्तभित्रै बजेट सिध्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ मन्त्री खड्काले भने । उनले कार्यसम्पादन मूल्याङ्कनमा सुधार गरी परिणाममुखी प्रणाली निर्माण गर्न समेत निर्देशन दिए ।

ऊर्जा विकासका प्राथमिकता र दिशा

मन्त्री खड्काले ऊर्जा विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रसारण लाइन निर्माणको गति तीव्र बनाउने तथा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए । सौर्य ऊर्जा जडान कार्यक्रममार्फत विपन्न वर्गको जीवनस्तर सुधार गर्न सकिने सम्भावना औँल्याउँदै उनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई समेत सक्रिय बन्न निर्देशन दिए । 

परिणाममुखी कार्यसंस्कृतिमा जोड 

ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटुवाल लगायत उच्चतहका कर्मचारी सदस्यहरूसँग भएको छलफलमा मन्त्री खड्काले स्पष्ट रूपमा समन्वय, गति र परिणामलाई प्राथमिकता दिनुपर्ने सन्देश दिए । ऊर्जा क्षेत्रमा अब स्पष्ट लक्ष्यसहित परिणाममुखी कार्यसंस्कृतिको विकास हुने मन्त्री खड्कोको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३