विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको चालू आर्थिक वर्ष (आव) को नाफा प्रक्षेपण गरिएभन्दा ८ अर्ब रुपैयाँ भन्दा बढीले घटेको छ । प्राधिकरणले तयार गरिरहेको चालू आवको वित्तीय विवरणमा यस वर्ष नाफा घट्नुका साथै अन्य क्षेत्रमा समेत नकारात्मक असर देखिएको छ ।

प्राधिकरणका अनुसार चालू आवमा संस्थाको खूद नाफा १२ अर्ब ६७ करोड रुपैयाँ मात्र हुने अनुमान गरिएको छ । जबकि, आवको सुरुमा बजेट तथा कार्यक्रम तर्जुमा गर्दा करपछिको खूद नाफा २० अर्ब ७९ करोड रुपैयाँ प्रक्षेपण गरिएको थियो । यो नाफा आव २०७८/७९ को भन्दा पनि ७० करोड रुपैयाँ कम हो । गत आवमा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ खूद नाफा कमाएको थियो ।

चालू आवमा प्राधिकरणले झण्डै १ खर्ब रुपैयाँ बराबरको बिजुली बेचेको देखाएको छ । जसमा, आन्तरिक रूपमा करिब ९० अर्ब र बाह्य (भारत) मा ११ अर्ब रुपैयाँको बिजुली बेचिएको छ । जबकि, गत वर्ष भारतमा ३ अर्ब ९३ करोड रुपैयाँको मात्र बिजुली बेचिएको थियो भने आन्तरिक रूपमा बिजुली बेचेर ८४ अर्ब रुपैयाँ आम्दानी भएको थियो ।

प्राधिकरणले चालू आवमा कूल आम्दानीको करिब ६० अर्ब रुपैयाँ बिजुली किन्न (आन्तरिक र बाह्य) मा खरिद भएको तथ्यांक उल्लेख गरेको छ । गत आवमा प्राधिकरणका जलविद्युतगृहबाट २ अर्ब ८१ करोड युनिट र भारतबाट आयातित परिमाण २ अर्ब ८२ करोड युनिट रहेको थियो ।

आवको सुरुदेखि नै जलविद्युत आयोजनाहरू निर्माण सम्पन्न भई प्रणालीमा जोडिएकै छन् । भारतमा निर्यात गरिएको बिजुलीको परिमाण पनि गत वर्षभन्दा बढेकै देखिन्छ । विद्युत खपत गर्ने ग्राहकको संख्यामा पनि वृद्धि भइ नै रहेको छ । यस्तो परिस्थितिमा समेत नाफा घट्दा अब प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङमाथि प्रश्नचिन्ह खडा भएको छ ।

घिसिङले सुरुमै चालू आवमा २० अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेर देखाउने दाबी गर्दै हिँडेका थिए । नियमअनुसार कार्यकारी निर्देशकमा रहेर इमान्दारपूर्वक काम गरिरहेका हितेन्द्रदेव शाक्यलाई जबर्जस्ति हटाएर उनी दोस्रो पटक उक्त पद हत्याउन आएका थिए । घिसिङ केही महिना पदबाहिर रहँदा सार्वजनिक रूपमै शाक्यलाई मुख्यतः नाफा घटाएको, विद्युत आपूर्ति अनियमित भएको र चुहावट बढाएको आरोप लगाएका थिए ।

उल्लिखित आरोपकै आधारमा शाक्यलाई हटाएर सरकारले दोस्रो पटक प्राधिकरण कार्यकारी निर्देशकको साँचो घिसिङलाई सुम्पेको थियो । घिसिङले अघिल्लो पटक जसरी पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई बेइजतीपूर्ण आरोप लगाएका थिए, त्यही आरोप शाक्यमाथि पनि थियो । तर, ६ वर्षसम्म आफैं संस्थामा बसेको बेला वित्तीय सूचकांक ओरालो लाग्दा उनले अब कसलाई दोष दिने हुन् भन्ने प्रश्न पनि उब्जिएको छ ।

अघिल्ला कार्यकारी निर्देशकहरूलाई बदनियतपूर्ण तरिकाले उद्योगमा बिजुली बेचेर सर्वसाधारणलाई अँध्यारोमा राखेको आरोप लगाएका घिसिङले यो वर्ष अधिकांश उद्योगमा अघोषित लोडसेडिङ गरे । उद्योगले पर्याप्त बिजुली नपाएर त्यसबापतको आम्दानी घटेका कारण पनि नाफामा असर परेको देखिन्छ । उनले खडेरी परेको, खोलामा पानीको बहाव घटेको र प्राधिकरणका विद्युतगृहबाट उत्पादन घटेको कारण पनि अघि सारेका छन् ।

यी गतिविधि विगतमा अघिल्ला कार्यकारी निर्देशकका पालामा पनि हुँदै आएको हो तर प्राकृतिक प्रणालीमा समेत घिसिङले आफ्ना अघिल्ला हाकिमलाई आरोप लगाउँदै किन हिँडे,’ प्राधिकरणकै एक उच्च अधिकारीले ऊर्जा खबरसँग प्रतिप्रश्न गरे, ‘त्यसको जवाफ अब उनले दिनुपर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit